Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

खुल्यो कुलेखानी–फाखेल सडक ६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

केपी ओली कपमा भारत र भुटानका क्लब पनि सहभागि हुने

Reporter

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले फागुन ११ गतेदेखि १९ गतेसम्म केपी ओली कप २०८० गर्ने भएको छ । काठमाडौँको बानेश्वरमा आज पत्रकार सम्मेलन गर्दै युवा संघले केपी ओली कपको बारेमा जानकारी दिएको हो । जहाँ युवा, त्यहाँ खेलकुद भन्ने मुल नाराका साथ सुरु हुने खेलमा नेपालका ए डिभिजन लिगका क्लब र विदेशि क्लबहरु सहभागी हुने अध्यक्ष क्षितिज थेवेले जानकारी दिए । प्रतियोगितामा भारत र भुटानका क्लब पनि सहभागि हुने जनाइएको छ ।

खेलकुद र मनोरन्जन मार्फत युवाहरुमाझ प्रवाभकारी ढंगले कुरा राख्न सकिने भएकाले प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष क्षेवेले बताए । पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष थेवेले सरकारले खेलकुद क्षेत्रलाई ध्यान नदिइरहेको बेला युवा संघले ऐतिहासिक प्रतियोगिता गर्न लागेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै एमालेका पोलिटब्युरो सदस्य तथा युवा संघका इन्चार्ज महेश बस्नेतले युवा संघले गर्न लागेको यस्ता प्रतियोगिताले समाजमा सकरात्मक सन्देश दिन बताए । पछिल्लो समय युवा संघले सामाजिक अराजकताबिरुद्ध चालेका कदमहरुको बारेमा बस्नेतले प्रशंसा पनि गरे । प्रतियोगिता आगामी फागुन ११ गतेदेखि २० गतेसम्म काठमाडौँमा हुँदैछ ।

नकआउट शैलीमा हुने खेल सेमिफाइनलसम्म च्यासल रंगशालामा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा नेपालका ए डिभिजनसहित विदेशका क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ११ लाख रुपैँया र उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् ।

प्रेसमिट कार्यक्रमलाइ केपी ओलिकप प्रतियोगिता का सह संयोजक,युवासंघ का नेता सम्पन्न श्रेष्ठले संचालन गर्नु भएको थियो। गत वर्ष सम्पन्न भएको केपी ओली कपको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको