Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

खुल्यो कुलेखानी–फाखेल सडक ६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरियाद्वारा “सलनाल धमाका २०२४” भब्य तयारी

Reporter

दक्षिण कोरिया:राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाको आयोजनामा यहिँ कोरियन नया बर्ष सलनालको अवसरमा “सलनाल धमाका २०२४” हुने भएको छ।

“हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ स्थापित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखा द्वारा फेब्रुअरी ११ तारिख आइतबार सलनालको तेश्रो दिन सउलमा रहेको 서울특별시 낙원동 284-6 낙원상가 4 충 मा “सलनाल धमाका-२०२४” साथमा कोरियामै पहिलो‌पटक “मौलिक लोक गित गायन प्रतियोगिता २०२४” को फाइनल राउण्ड हुने भएको हो।

नेपालको राष्ट्रिय चर्चित ख्याति प्राप्त गायिका शर्मिला गुरुङ, लोकदोहोरी मा एकछत्र राज गर्न सफल चर्चित गायक पशुपति शर्मा, युवराज छन्त्याल,सूर्य खड्का,श्रीधर अधिकारीको साथमा Mrs.नेपाल इन्टरनेसनल २०२३ बिजेता तथा शास्त्रीय नृत्याङ्गना सीता सुवेदी र मोडेल तथा गायीका करिस्मा मगरको प्रस्तुति रहने आयोजकले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको