Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

इलामको अधेरेमा नवजात शिशुको शव फेला पर्यो

admin

navajat sisu

इलाम, मंसिर १४।
इलाम नगरपालिका–३ पुवाझुवाको अधेरे गाउँमा नवजात शिशुको शव फेला परेको छ । भर्खरै जन्माएर फालिएको अवस्थामा शुक्रबार बिहान शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्याल इलामले बताएको छ ।

शिशु जन्माएर फालेको शंकामा प्रहरीले इलाम नगरपालिका–९ फिक्कलकी २५ वर्षीया सावित्रा मुखियालाई नियन्त्रणमा लिएको जनाएको छ । फिक्कलबाट पुवामझुवा आफन्तकोमा गएको बेला जन्मिएको शिशु बारिमा फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

मुखियालाई रत्तश्राव भइरहेकाले उपचारको लागि अस्पताल भर्ना गरिएको प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जनाए । मुखियाको स्वास्थ्य अवस्था कमजोर भएकाले प्रहरीले प्रारम्भीक बयान मात्रै लिएको जनाए ।

शिशु जिवितै जन्मिएको हो या मृत जन्मिएको हो भन्ने पत्ता लगाउन विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने तयारी भइरहेको उनले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको