Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

पर्याप्त विद्युत् आयात गर्न नसक्दा औद्योगिक क्षेत्रमा समस्या

Reporter

मुलुकभित्र उच्च माग हुने समयमा पर्याप्त विद्युत् आयात गर्न नसक्दा तराईका औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ । आन्तरिक उत्पादन घट्दै गएको तर सम्बन्धित स्थानमा विद्युत् आपूर्ति गर्न पूर्वाधारको समस्या रहेकाले पनि उद्योग क्षेत्रमा पिक समयमा विद्युत् आपूर्ति गर्न समस्या भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

उद्योग सङ्गठन मोरङले पछिल्ला केही दिन बिहान र बेलुकी गरी आठ घण्टासम्म बिनापूर्वसूचना विद्युत् आपूर्ति अवरोध हुँदा उद्योग सञ्चालनमा समस्या भइरहेको जनाएको छ । प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक मनोजकुमार सिलवालका अनुसार पिक समयमा भारतबाट पर्याप्त विद्युत् आपूर्ति हुन नसक्दा अवस्था हेरी आलोपालो गरी ३३ केभी प्रसारण लाइनमा विद्युत् विच्छेद गर्ने गरिएको छ ।

प्राधिकरणले अहिले दैनिक करिब ४५० मेगावाटसम्म विद्युत् आयात गरिरहेको छ । इन्डियन इनर्जी एक्सेचेन्जको डे अहेड मार्केटबाट ढल्केबरसम्म पर्याप्त विद्युत् आपूर्ति गर्न सकिन्छ तर आन्तरिक प्रसारण लाइनको सीमितताले गर्दा आवश्यक ठाउँमा विद्युत् पुर्‍याउन सकिन्न ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको