Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी

राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि आज मतदान

Reporter

राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज मतदान हुँदै छ।  मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ ।

२०७४ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यको पदावधि फागुन २० गतेदेखि रिक्त हुन लागेका २० मध्ये १९ पदमा निर्वाचन हुन लागेको हो । सात प्रदेशमा १९ पदका लागि आठ राजनीतिक दलबाट उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलका सबै मतदाताहरू गोप्य मतदानद्वारा आफूले रोजेको र चाहेको उम्मेदवारलाई मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार देशभर दुई हजार ४७ मतदाता छन् । कोशीमा ३६७, मधेशमा ३७४, बागमतीमा ३४७, गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको आयोगले जनाएको छ।

निर्वाचनका लागि सातै प्रदेशमा एक-एक मतदानस्थल र दुई-दुई मतदान केन्द्र स्थापना गरिएको छ ।

मतदान सम्पन्न भएपछि बिहीबार नै मतगणना सुरु हुने र बिहीबार अबेर रातिसम्म मत परिणाम आउने आयोगको भनाई छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको