Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो) निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु

यू–१९ विश्वकप : नेपाल लगातार दोस्रो खेलमा पराजित

Reporter

यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ ।

प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपाल पाकिस्तानसँग पाँच विकेटले पराजित भएको हो । यसअघि पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग  ६४ रनले पराजित भएको थियो।

आज टस जित्दै पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १९७ रन बनाएको थियो। १९८ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको पाकिस्तानले ४७ दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । यू–१९ विश्वकपमा पाकिस्तानको यो दोस्रो जित हो ।

नेपाललाई पराजित गर्ने क्रममा पाकिस्तानका मध्यक्रमका ब्याटर अजान अवाइसले अर्धसतकीय इनिङ्स खेले। ८२ बलको सामना गरेका उनले नटआउट ६३ रनको योगदान गरे ।

यस्तै पाकिस्तानका श्यामेल हुसैनले र शहजिब खानले ३७र३७ रनको योगदान दिए भने अहमद हसनले २९ रन जोड्दा हारुन अर्शदले नटआएट १५ रनको योदान दिए ।

नेपालका लागि आकाश चन्दले तीन विकेट लिए। दिपेश कँडेल र आकाश त्रिपाठीले १र१ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको नेपालका ओ‌पनर विपिन बोहोराले सर्वाधिक ३९ रन जोडेका थिए। दीपक डुम्रेले २६, कप्तान देव खनालले २३ रन जोड्दा सुवास भण्डारीले २० रन जोडे भने गुलशन झाले १८ तथा आकाश चन्दले १५ रन जोडेका थिए ।

दीपेश कँडेलले १३ रन जोड्‍दा ओपनर अर्जुन कुमाल र आकाश त्रिपाठीले ६–६ रन बनाए भने उत्तम थापामगर ४ रनमा आउट भएका थिए । पहिलो पावर प्लेमा दुई विकेट गुमाए पनि नेपालले उत्कृष्ट सुरुवात गरेको थियो । पाकिस्तानका लागि अरफत मिनासले ३ विकेट लिए। यस्तै अहमद हुसैन र उबैद साहले २–२ तथा खुबैब खलिल, महम्मद जिसान र अली असफन्दले १र१ विकट लिए ।

अब नेपालले शुक्रबार समूहको अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ। सो खेलमा जित निकाले नेपाल सुपर ६ मा पुग्नेछ। सुपर ६ मा ए  र बी गरी १२ टिमले छुट्टा छुट्टै समूहमा प्रतिस्पर्धा गर्नेछन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको