Logo
10 Feb 2025    २८ माघ २०८१, सोमबार

ताजा खबर

सुनको मूल्य बढ्यो महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो)

बलात्कारीलाई कारवाहीको माग गर्दै प्रहरी कार्यालय सिरहामा प्रदर्शन र धर्ना

admin

rage against rape on siraha

सिरहा, मंसिर-१४ ।
सिरहाको सुखिपुर नगरपालिकामा भएको सामूहिक बलात्कार घटनाका दोषीलाई कारवाहीको माग गर्दै स्थानीयवासीले इलाका प्रहरी कार्यालय पतारीमा धर्ना दिएका छन् । घटनाको दुईसाता बितिसक्दा पनि प्रहरीले दोषी पहिचान गर्न नसकेको भन्दै आक्रोशित स्थानीय र अधिकारकर्मीको समूहले इलाका प्रहरी कार्यालयमा धर्ना दिएका हुन् ।

गाउँमा छठको अवसरमा नाटक (ड्रामा) भइरहेको बेला गत कात्तिक २७ गते राती घरमै सुतिरहेको अवस्थामा स्थानीय समशुल मिया, इसराफूल मियाँ, छिमेकी गाउँ जगतपुरका सलामद मियाँ र जाकिर मियाँले गाउँकै ३५ वर्षीय महिलामाथि सामुहिक बलात्कार गरेका थिए ।

मुखमा कालोपट्टि बाँधेर आएका उनीहरुले महिलालाई निर्घात कुटपीट गरी बेहोस पारेर पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा साना दुई नानीहरु मात्र भएको र नाटकका साउण्डले वरपर बोलेको पनि नसुन्ने मौका पारेर उनीहरुले महिलामाथि करणी गरेका थिए ।

महिलाका श्रीमान भने वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन् । घटनामा महिलाले प्रतिकार गर्दा हातमा टोकेको दाँतको चिनो र घाउका आधारमा दुईजनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । बलात्कारमा संलग्नमध्ये समशुल मियाँ र इसराफूल मियाँ नियन्त्रणमा लिएपनि दुईजना अझै फरार छन् ।

इलाका प्रहरी कार्यालय पतारीका प्रमुख प्रहरी निरीक्षक भुषण यादवले अपराधमा संलग्न २ जनालाई नियन्त्रणमा लिएको र बाँकी २ जनाको पनि खोजी भइरहेको जनाएका छन । यता गाउँलेहरुले भने प्रहरीले अपराधी खोजीमा चासो नदेखाएको भन्दै गुनासो गरेका छन् । यता, अधिकारकर्मीहरुले घटनाको मुद्दालाई फाष्ट ट्रयाकबाट निर्णय लिनुपर्ने माग राखिरहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको