Logo
23 Jul 2024    ८ श्रावण २०८१, मंगलवार

ताजा खबर

विद्यार्थी छात्रवृत्ति परीक्षामा ८ हजार १९७ जना उत्तीर्ण कांग्रेस सांसद सुनिल शर्माविरुद्ध नक्कली प्रमाणपत्रमा मुद्दा नचल्ने प्रतिनिधिसभा बैठक बस्दै ‘नालापानी’को नया ट्रेलर सार्वजनिक,श्रावण २५ बाट देशभर प्रदर्शन हुँदै रामदत्त जोशी एआइजीपीमा बढुवा सिफारिस दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

राष्ट्रिय सभामा माओवादी बन्यो सबैभन्दा ठूलो पार्टी

Reporter

नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । आज सम्पन्न राष्ट्रिय सभा चुनावामा पाँच सिट जितेसँगै माओवादी १७ सिटका साथ ठूलो दल बनेको हो । बिहीबार १९ सिटका लागि भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए । माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका दुई र जनता समाजवादी पार्टीका एक जना निर्वाचित भए । यस्तै नेकपा एमालेका एक जना विजयी भए । यो चुनावी परिणामसँँगै राष्ट्रिय सभामा रहेको दलीय समीकरण फेरिएको हो । यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए । जसमा ४ जना फागुन २० गते बिदा हुँदैछन् । बाँकी रहेका ६ जनामा बिहीबार १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ ।

माओवादी केन्द्रका ५ जनाले जितेका छन् ।  माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना छन् । ३ जना फागुन २० मा बिदा हुँदैछन् । थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्र १७ सिटसहित सबैभन्दा ठूलो दल बन्यो ।
अहिले राष्ट्रिय सभामा एमाले सबैभन्दा ठूलो दल छ। एमालेसँग अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १८ सिट छ। १८ सिटमा उसकै तर्फबाट राष्ट्रपतिले मनोनित गरेकी विमला राई पौड्याललाई पनि जोडिएको छ। तर फागुन २० गते पदावधि सकिनेमा एमालेका नौ जना छन, अर्थात एमालेसँग ९ सिट बाँकी रहन्छ र आज जितेको एक सिटसहित एमालेको १० सिट हुनेछ । योसँगै एमाले तेस्रो दलमा झर्नेछ ।

एकीकृत समाजवादीका ८ जना छन् । दुई जना फागुनबाट बिदा हुँदै गर्दा बिहीबार नयाँ दुई जना निर्वाचित भएकाले उसको सांसद संख्या तलमाथि भएन ।जसपाकी प्रमिलाकुमारी यादवको कार्यकाल २० फागुनमा सकिँदैछ । बिहीबार एक जना निर्वाचित भएर आएकाले जसपाको राष्ट्रिय सभामा उपस्थिति यथावत छ । राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको कार्यकाल सकिँदैछ । यो ठाउँमा जनमोर्चाकी दुर्गा पौडेललाई ल्याउने सत्ता गठबन्धनको तयारी छ । पौडेल आउन सके राष्ट्रिय सभामा जनमोर्चाका दुई सांसद हुनेछन् । लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् । यसरी माथिल्लो सदनमा सात दलको उपस्थिति रहने छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको