Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

राहुल महरालाई थुनामा पठाउने जिल्लाको आदेश उच्च अदालतबाट सदर

Reporter

उच्च अदालत पाटनले भेपमार्फत भएको सुन तस्करीको मुद्दामा जिल्ला अदालत काठमाडौँको राहुल महरालाई थुनामा पठाउने थुनछेक आदेश सदर गरेको छ ।

न्यायाधीश अञ्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको आज बसेको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँको महरालाई थुनामा पठाउने आदेश सदर गरेको हो ।

उच्च अदालत आजको आदेशसँगै पक्राउ परेका महरा थुनामा नै रहने भएका छन् । अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल जिल्ला अदालत काठमाडौँको आदेशपछि थुनामै रहेका थिए ।

राहुलमाथि आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र संगठित अपराधको अभियोगमा मुद्दा चलेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको