Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

रोयल एजुकेसनले शुक्रबार ‘अमेरिका क्यानाडा एड्मीसन डे – २०२४’ आयोजना गर्ने

Reporter

शुक्रवार नयाँ बानेश्वरस्थित मुख्य कार्यालयमा रोयल एजुकेसन फाउन्डेसनले उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीहरूका लागि ‘अमेरिका-क्यानाडा एड्मिसन डे-२०२४’ आयाेजना गर्ने जनाएको हो।

रोयल एजुकेसन फाउन्डेसनका प्रवन्ध निर्देशक विष्णुहरी पाण्डेले अमेरिका र क्यानाडामा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूका लागि उक्त ‘एड्मिसन डे’ कार्यक्रम सञ्चालन गर्न लागिएको बताए। उनले भने,‘एड्मिसन डे मार्फत अभिभावक र विद्यार्थीहरूले एकै ठाउँ, एकै समयमा धरै भन्दा धेरै कलेजहरूको बारेमा बुझ्न सक्नुहुनेछ।

विश्वविद्यालय प्रोग्राम, ट्युसन फी, रिक्वायरमेन्ट आदिका कुराहरू सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिहरूबाट बुझ्न पाउनुहुनेछ’। एड्मिसन डेमा विद्यार्थी तथा अभिभावकहरूले अमेरिका र क्यानाडाका विभिन्न विश्वविद्यालयहरूको बारेमा उपलब्ध कोर्षहरू, ट्युसन फी, लाग्ने लागत, भिजा प्रोसेस लगायतका बारेमा जानकारी लिन सक्नेछन्।

एड्मिसन डे मा अमेरिका र क्यानाडाका विश्वविद्यालयहरूका प्रतिनिधित्वहरू पनि सहभागि हुनेछन्। कार्यक्रममा सहभागी विद्यार्थीहरूले विभिन्न अफरहरू समेत पाउनेछन्। लक्की ड्र मार्फत भाग्यशाली विद्यार्थीहरूले अमेरिका र क्यानाडा जानका लागि आवश्यक तयारी कक्षामा भारी छुट, स्काइवाक टिकेटका साथै विभिन्न आकर्षक उपहारहरू पाउनेछन्।

एड्मिसन डे शुक्रवार बिहान १० बजे सुरु भएर साँझ ५ बजे समापन हुनेछ। रोयल एजुकेसन फाउन्डेसन सन् २००३ मा स्थापना भएको हो। स्थापनाकालदेखि नै फाउन्डेसनले उच्च शिक्षाका लागि संसारका विभिन्न मुलुकहरू (अस्ट्रेलिया, क्यानाडा, युके, न्युजिल्याण्ड, डेनमार्क, जापान, कोरिया लगायत) मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई शैक्षिक विषय र ती मुलुकमा जान पूर्व गर्नुपर्ने आवश्यक तयारीका लागि प्रक्रियामा सहयोग गर्दै आएको छ।

रोयल एजुकेसन फाउन्डेसनले वैदेशिक शिक्षाका लागि आवेदन गर्न चाहने विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय विद्यार्थीले प्राप्त गर्न सक्ने छात्रवृत्तिका अवसरहरू एवं छनौट प्रक्रियाका बारेमा मार्ग दर्शन प्रदान गर्दै आएको छ। यस संस्थाले विभिन्न मुलुकका शैक्षिक संस्थाहरूको आधिकारिक प्रतिनिधिको रुपमा रहेर विद्यार्थी र शैक्षिक संस्थाको बीचमा समन्वयकारी भुमिका निर्वाह गर्दै आएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको