Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

निर्मला प्रकरणबाट नेपाल सरकारकाे परीक्षण हुन्छ : सिमोनोभिक

admin

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा नेपाल सरकारले कसरी काम गर्छ भन्ने आधारमा संयुक्त राष्ट्रसँगले आफ्नो धारणा बनाउने संयुक्त राष्ट्र संघकी विशेष र्‍यापोटर दुब्राभ्का सिमोनोभिक जनाएकि छिन् । उनले निर्मला पन्तको हत्या प्रकरणको छानबिन संयुक्त राष्ट्र संघले कायम गरेको मापदण्ड अनुसार नभएकाे बताइन् ।

महिलामाथि हुने हिंसा अध्ययन गर्ने संयुक्त राष्ट्र संघकी विशेष र्‍यापोटर दुब्राभ्का सिमोनोभिक मंसिर ३ गते नेपाल अाएकी थिइन् । अाफ्नाे नेपाल बसाइकाे अन्तिममा बिहीबार पत्रकार सम्मेलन गरि निर्मला पन्त प्रकरणबाट नेपाल सरकारको परीक्षण हुने बताइन् ।

पत्रकार सम्मेलनमा उनले भनिन्, ‘१३ वर्षकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरण नेपाल सरकारको परिक्षण हुने घटना हो । नेपालले अंगिकार गरेका मानवअधिकारका मापदण्डका आधारमा यो प्रकरणलाई सरकारले ठीकसँग टुंगो लगाउने छ भन्ने विश्वासका साथ म सबै घटनाक्रम नियाल्नेछु ।’

निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार महिनाभन्दा धेरै भैसक्दा पनि आजसम्म दोषी पत्ता लाग्न सकेको छैन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको