Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

यू-१९ विश्वकप क्रिकेट: नेपालमाथि अफगानिस्तानलाई हराउनै पर्ने दबाब

Reporter

आइसिसी यू-१९ विश्वकप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा नेपालमाथि अफगानिस्तानलाई हराउनै पर्ने दबाब रहेको छ । यो खेल ऋँज् दिउँसो १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदान सुरु हुनेछ । दुई खेलमा लगातार पराजित नेपालका लागि समूह चरणको तेस्रो खेल चुनौतीपूर्ण बनेको हो ।

 

नेपाललाई अघिल्लो चरण प्रवेश गर्न अफगानिस्तानलाई पराजित गर्नैपर्ने चुनौती छ । उता अफगानिस्तानसमेत अघिल्लो चरणमा प्रवेशका लागि नेपाललाई हराउनुपर्ने दबाबमा छ । समूह चरणकै खेल भए पनि नेपाल र अफगानिस्तानबिचको आजको खेल नकआउट समान छ ।

 

यू–१९ विश्वकपको समूह ‘डी’ मा रहेको नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले हारेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भयो । समूह ‘डी’मा लगातार दुई जित निकालेको पाकिस्तान र न्युजिल्यान्ड चार चार अङ्क जोड्दै सुपर सिक्समा पुगिसकेका छन् । नेपाल र अफगानिस्तान अङ्कविहीन छ । आजको खेल जुन टिमले जिते पनि अघिल्लो चरण प्रवेश गर्नेछ ।

 

दक्षिण अफ्रिकामा सुरु भएको १५ औँ संस्करणको यू–१९ विश्वकपमा नेपालसहित विश्वका १६ राष्ट्र सहभागी छन्। १६ देशलाई चार समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘डी’ मा छ। यो समूहमा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् । यू–१९ विश्वकपमा नेपालले यसअघि सात पटक सहभागिता जनाइसकेको छ । यसपटक नेपाल आठ वर्षपछि प्रतियोगितामा सहभागी भएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको