Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

राहुल महरालाई थुनामा राख्ने आदेश उच्च अदालतद्धारा सदर

Reporter

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई थुनामा राख्ने आदेश उच्च अदालत पाटनले सदर गरेको छ । भेपमार्फत भएको सुन तस्करीको मुद्दामा उच्च अदालतले जिल्ला अदालत काठमाडौँको थुनछेक आदेश सदर गरेको हो ।न्यायाधीश अञ्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो । राहुल अहिले भन्सार चोरी पैठारी र सङ्गठित अपराध कसुरमा थुनामा छन् । राहुललाई काठमाडौँ जिल्ला अदालतले ५ लाख धरौटी माग्ने जिल्लाको आदेश पनि सदर गरेको छ ।

राहुल चीनबाट हुने सुन तस्करी प्रकरणमा मुछिएका थिए । राजस्व अनुसन्धान विभागले समातेको ६० किलो सुन तस्करीका प्रकरणका मुख्य योजनाकार मानिने दावा छिरिङसहितसँग राहुलको उठबस खुलेको थियो । राहुल सुन तस्करीमा मुछिएको विवरणसहितको प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तयार गरेको थियो । त्यही आधारमा उनीविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र सङ्गठित अपराध अभियोगमा मुद्दा चलेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको