Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

अमेरिकाले नेपाललाई प्रदान गर्ने करिब ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको सहयोग रोक्यो १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य गीतकार युवराज अधिकारीको ‘तिम्रो प्रीत’ सार्वजनिक (भिडियो) काठमाडौं महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने पोखरा भ्रमण वर्षको उद्घाटनमा घाइते भएका अर्थमन्त्री पौडेललाई राष्ट्रपतिले भेट्ने

नयाँ बानेश्वरमा गुड्दागुड्दैको बस भासियो

Reporter

नयाँबानेश्वरको सडकमा गुडिरहेको बस भासिएको छ । कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा.३ ख ३७६२ नम्बरको यात्रुवाहक बस गुड्दागुड्दै भासिएको हो ।

एभरेष्ट होटलको अगाडि सर्भिस लेनमा बस कोल्टो परेर भासिएको हो । बस भासिएलगत्तै यात्रु बाहिर निस्किएका थिए । अहिले ट्राफिक र नेपाल प्रहरी भएर बसलाई हटाउन लागेका छन् ।

नयाँ वानेश्वर क्षेत्रमा विगत केही वर्षयता सडक सुधारका काम भइरहे पनि खाल्डाखुल्डि हुने, पानी जम्नेलगायतका समस्याले गुणस्तरमा प्रश्न उठ्दै आएको छ । २ वर्षअघि पनि मीनभवनस्थित सिभिल अस्पतालअगाडि सडकमा भ्वाङ परेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको