Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

केआईईसीले ‘मल्टीडेस्टीनेसन एजुकेशन फेयर–२०२४’ आयोजना गर्ने

Reporter

काठमाडौँ– शैक्षिक परामर्श दातृ संस्था केआईईसी प्रालीले शनिवार एक दिने मल्टीडेस्टीनेसन एजुकेशन फेयर–२०२४ आयोजना गर्ने भएको छ। केआईईसीले पुतलिसडक स्थित आफ्नो नवनिर्मित भवनमै विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्र्ने उद्देश्यले मेला आयोजना गर्न लागेको हो।

मेलामा विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिबाटै विद्यार्थीले त्यहाँको भौतिक शैक्षिक पूर्वाधार, बसोबास, शिक्षा नीति, लागत खर्च, छात्रवृत्ति लगायतका विषयमा जानकारी लिन सक्ने प्राली प्रवन्ध निर्देशक राजेन्द्र रिजालले जानकारी दिए।

केआईईसीले मेलामा सहभागि हुने विद्यार्थीलाई विदेशका प्रमुख शैक्षिक गन्तव्यबारे जानकारी दिनुका साथै उनीहरूलाई विभिन्न छुट र अफरहरूको घोषणा समेत गरेको छ। अष्ट्रेलिया, क्यानडा, अमेरिका, न्यूजील्याण्ड, युके लगायतका मुलुकमा विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई यस मेलामा सम्पूर्ण जानकारी प्रदान गरिने भएकाले यो मेला अभिभावक र विद्यार्थीका लागि एक उपयुक्त अवसर भएको केआईईसीले जनाएको छ।

केआईईसी नेपालबाट विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्ने देशभर शाखा विस्तार भएको प्रमुख परामर्शदातृ संस्था हो। केआईईसीबाट हजारौँको संख्यामा विदेश अध्ययनमा जाने विद्यार्थीले सेवा लिइसकेका छन्। केआईईसीले विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई पूर्वतयारी कक्षा पनि समेत सञ्चालन गर्दै आएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको