Logo
20 Jul 2024    ५ श्रावण २०८१, शनिबार

ताजा खबर

गायिका सुमी पराजुलीको ‘लुकामारी’ सार्वजनिक(भिडियो) जिग्री पाँडे टिमको ‘लाज शरणम्’ निर्माणको घोषणा सामाजिक सुरक्षा कोषले अधिकतम ७.५ प्रतिशतको ब्याजदरमै सापटी दिने बंगलादेशमा हिंस्रक आन्दोलन थप चर्कियो,कम्तीमा २५ को मृत्यु राष्ट्रिय सभा बैठक बस्दै किरण माइकल घिमिरेको लेखन तथा निर्देशनमा वेभ सिरिज ‘मोड’ बन्ने

कोशी प्रदेशमा निर्वाचनको घातले गठबन्धनमा कुनै फेरबदल नहुने: माओवादी

Reporter

नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनको घातले केन्द्रीय गठबन्धनमा कुनै फेरबदल नहुने बताएको छ । बिहीवार भएको राष्ट्रियसभा निर्वाचनबारे प्रदेश र केन्द्रमा आन्तरिक छलफल गरेको माओवादीले केन्द्रीय गठबन्धनमा फेरबदल नहुने अनौपचारिक निर्णय गरेको हो ।

माओवादीका एक पदाधिकारीले खबरहबलाई भने, ‘कोशी बाहेक ६ वटा प्रदेशमा गठबन्धन सफल भएको छ । कोशीको विषयमा गम्भीर छलफल तथा गठबन्धनको निर्णय विपरित जानेलाई काङ्ग्रेसले कारबाही गर्नुपर्छ । तर यो घटनाले तत्काल केन्द्रीय गठबन्धनलाई फेरबदल गर्दैन । कोशीको गठबन्धनमा भने गम्भीर घात भएको छ ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको