Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

कीर्तिमानी गीतकार डा. उपाध्यायलाई भारतमा एकै दिन तीन सम्मान

Reporter

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायलाई एकै दिन भारतमा तीन सम्मान अर्पण गरिएको छ । उहाँलाई भारतीय गणतन्त्र दिवसको अवसर पारेर सम्मान गरिएको हो ।

डा. उपाध्यायलाई फरइभर स्टार बुक अफ वल्र्ड रेकर्ड, इण्डियन स्टार बुक अफ रेकर्ड र होप वल्र्ड रेकर्डले एकै दिन सम्मान गरिएको हो ।

डा. उपाध्यायले विभिन्न विधामा १३२ विश्व कीर्तिमान राख्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् ।

दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौँ गीतका भिडियो पनि सार्वजनिक छन् । डा. उपाध्यायले केही दिनअघि आफ्ना विश्व कीर्तिमानको संख्या १५१ पुग्ने तयारीमा रहेको जानकारी गराउनुभएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको