Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो)

भृकुटीमण्डपमा शुरु भयो नेपाल चेम्बर एक्स्पो २०१८, समुदघाटन समारोहमा सुकी सरिक

admin

काठमाडौँ,  नेपाल चेम्बर्स अफ कमर्शको आयोजनामा भृकुटीमण्डपमा नेपाल चेम्बर एक्स्पो २०१८ शुरु भएको छ । विहिबार शुरु भएको एक्स्पोको समुदघाटन समारोहमा म्यानमारका स्टेट काउन्सिलर आङसाङ सुकी समेत सरिक रहिन । समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुकीले नेपाल र म्यानमारबीचको व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्ने बताएकी छिन् । नेपाल चेम्बर्स अफ कमर्शले स्थानीय भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै उनले दुवै मुलुकमा मानव संसाधनको उपयोग गरी आर्थिक विकास र समृद्धिका गतिविधि सञ्चालन गर्न सकिने बताइन् । नेत्री सुकीले नेपाली उद्यमीलाई म्यान्मारमा लगानी गर्न आग्रह गर्दै कृषि, जलविद्युत्, प्रविधिलगायत क्षेत्रमा लगानी वृद्धि गरी अर्थतन्त्रलाई बलियो बनाउन सकिने विचार व्यक्त गरिन् । अर्काे प्रसङ्गमा नेत्री सुकीले नेपालसँग आफ्नो पुरानो भावनात्मक सम्बन्ध रहेको बताउँदै आफूले नेपाल र नेपालीलाई सदैव सम्मान र माया गर्ने बताइन् । कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले च्याम्बर एक्स्पोले नेपाली बस्तुलाई अन्तराष्ट्रिय बजारमा प्रवर्धन् गर्न मद्घत पुग्ने तथा नेपालको आर्थिक बिकासमा यस्ता अन्तराष्ट्रिय स्तरका मेलाले योगदान पुर्याउने बताए । कार्यक्रममा नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले मेला आयोजनाको मुख्य उदेश्य निर्यात प्रवद्र्धन गर्ने तथा वैदेशिक लगानी आकर्षण गर्ने रहेको बताउदै नेपाल च्याम्बर अफ कमर्श समुन्नत नेपाल निर्माण गर्न अग्रसर रहेको बताए । ५ दिनसम्म चल्ने उक्त मेलामा म्यानमार, चीन, पाकिस्तान, बङ्गलादेश, कोरिया, भारत, जापान लगाएत देशका १९० वटा स्टल रहेका छन । मेलामा अटोमोबाईल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फर्न्सििङ, होम अप्लायन्स, फेसन वेर एण्ड एसेसरीज, मोबाइल ग्याजेटस्, एफएमसीजी लगायतका स्टल रहनेछन् । मेलाको चौथो संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात निर्यातको सूचना आदान प्रदान तथा नेपाली उत्पादनको बजारिकरणमा विशेष जोड दिइने चेम्बरले जनाएको छ । गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उक्त प्रदर्शनीको प्राथमिकता रहेको छ । प्रदर्शनी मार्फत निकासी योग्य वस्तुको प्रवद्र्धन गर्न सबै व्यापारीक समुदायलाई प्रोत्साहन गरिने चेम्बरले बताएको छ । मेलामा म्यानमार उद्योग वाणिज्य महासंघको सहकार्यमा उद्योगी व्यवसायीहरुले सहभागिता जनाउदै छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको