Logo
20 Jul 2024    ५ श्रावण २०८१, शनिबार

ताजा खबर

गायिका सुमी पराजुलीको ‘लुकामारी’ सार्वजनिक(भिडियो) जिग्री पाँडे टिमको ‘लाज शरणम्’ निर्माणको घोषणा सामाजिक सुरक्षा कोषले अधिकतम ७.५ प्रतिशतको ब्याजदरमै सापटी दिने बंगलादेशमा हिंस्रक आन्दोलन थप चर्कियो,कम्तीमा २५ को मृत्यु राष्ट्रिय सभा बैठक बस्दै किरण माइकल घिमिरेको लेखन तथा निर्देशनमा वेभ सिरिज ‘मोड’ बन्ने

दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग

Reporter

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रिक्त रहेको नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गर्दै सूचना प्रकाशित गरेको हो ।

प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकाले दरखास्त पेश गर्न माग गरिएको मन्त्रालयले जनाएको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपश्चात अध्यक्ष पद रिक्त रहेको छ । केही साता अघि पुस २४ गते उनले उनले एमडिएमएस र टेरामेक्स खरिद विवादसँगै राजीनामा दिएका थिए ।

रिक्त रहेको पदमा आवेदन दिनका लागि ३० वर्ष पूरा भएर ६५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने प्रावधान रहेको छ । त्यस्तै, मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तीर्ण गरि सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव भएको हुनुपर्ने वा सरकारी सेवा वा सार्वजनिक संस्थानका कर्मचारीको हकमा सम्बन्धित विषयमा स्नातक गरि राजपत्रांकित प्रथम श्रेणी दसौं तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव भएको हुनुपर्ने व्यवस्था रहेको छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी सात दिनभित्रमा दरखास्त पेश गर्न सकिने मन्त्रालयले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको