Logo
17 Mar 2025    ३ चैत्र २०८१, सोमबार

ताजा खबर

प्रतिनिधि सभाको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै, नेपाल प्रहरीमा आईजिपीको टुंगो लाग्ने मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या : मन्त्री गुरुङ प्रचण्डको तस्बिर जलाउने राप्रपाका बम पक्राउ प्रकाश ज्वालाको प्रस्ताव– सांसदको सुविधा घटाऔँ

थप दुई पदाधिकारीविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस

Reporter

सूर्यदर्शन सहकारीका पदाधिकारीले गरेको बचतकर्ताको रकम हिनामिना प्रकरणमा थप दुई जनाविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को महासचिवालयले आइतबार सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो । यसअघि शुक्रबार सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी (गितेन्द्रबाबु) राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो।

सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी सम्बन्धी मुद्दामा डिफ्यूजन नोटिस जारी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय, कास्कीले दुई साताअघि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो ।

एनसीबी काठमाडौंको अनुरोधपछि उनीहरुविरुद्ध डिफ्युन नोटिस जारी भएको हो।

डिफयुजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनीहरुको खोजी गर्ने र फेला परेको बेला नेपाल फर्काउने प्रक्रिया सुरु गर्नेछन्। सहकारीको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको प्रकरणमा जीबी राईसहित १ दर्जन व्यक्ति अझै फरार छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको