सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएको काम समयमै सम्पन्न नगर्ने २२ कम्पनीलाई कालोसूचीमा राखेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज (सोमबार) सूचना जारी गर्दै २२ निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो।