Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

ज्ञानेन्द्र कुशका मात्रै राजा थिए : केपी शर्मा ओली

Reporter

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कुशको मात्र राजा रहेको टिप्पणी गरेका छन् ।तेजाव पीडित मुस्कान खातुनको सत्यकथामा आधारित चलचित्र ‘नमेटिने घाउ’को शुभमुहूर्तमा आइतबार सहभागी हुने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । ‘ज्ञानेन्द्र शाह भनेको राजा होइन। बाहुनले बाहुन भनेर एउटा टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै यी कुशका राजा हुन्,’ आइतबार काठमाडौंमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले भने, ‘अब यस्ता कुरामा के बहस गरिरहने बेकार।’

अध्यक्ष ओलीले २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको बताएका छन् । आफ्ना आमाबुवासहित सबै परिवार नै सखाप बनाउने गरी दीपेन्द्रले दरबार हत्याकाण्ड गराएको ब्याख्या गरिनुलाई ओलीले हाँस्यास्पद भनेका हुन् ।

‘दरबारमा राजा वीरेन्द्र र रानी ऐश्वर्यासहितलाई तत्कालीन युवराज दीपेन्द्रले आफैं मरेपछि गोली हाने? राजा हुन लागेको एउटा मान्छेले त्यसरी आफ्नो परिवार नै सखाप पार्ट, मार्छ?’, ओलीले प्रश्न गर्दै भने, ‘दरबारभित्र अगाडिबाट उसैले गोली हान्ने, पछाडिबाट पनि उसैले गोली हान्ने? यस्तो पनि कहीँ हुन्छ?’ ओलीले तत्कालीन अवस्थामा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारद्वारा गठित छानबिन समितिको प्रतिवेदनलाई पनि हाँस्यास्पद भने।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको