Logo
04 Mar 2024    २१ फाल्गुन २०८०, सोमबार

ताजा खबर

प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा फागुन २४ देखि २८ गतेसम्म चेम्बर एक्स्पो २०२४ आयोजना काठमाडौं महानगरकै क्यान्टिनमा बासी खाना, तिराइयो ५० हजार जरिवाना निताको स्वरमा ‘चुप चाप’ (भिडियो) नेपाल स्काउटको अन्तराष्ट्रिय आयुक्तमा देवराज घिमिरे दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

विमानस्थलका आठ अध्यागमन अधिकृत फरार

Reporter

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत आठ अध्यागमन अधिकृतहरु फरार भएका छन् । भिजिट भिसाको सेटिङमा पक्राउ पूर्जी जारी भएका अधिकृतहरु फरार भएका हुन् ।

अध्यागमन अधिकृतहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, ताराबहादुर कुँवर र सुजन फागो फरार भएका हुन् । उनीहरुलाई फरार प्रतिवादीका रुपमा मुद्दा चलाउन प्रहरीले सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको छ । अध्यागमन अधिकृत नरवीर खड्का भने प्रहरी हिरासतमै छन् ।

उनकै बयानका आधारमा अध्यागमनका अन्य कर्मचारीहरुको संलग्नता पुष्टि भएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको