Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

सीमा समस्या समाधानका लागि कूटनीतिक पहल सुरु: परराष्ट्रमन्त्री साउद

Reporter

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल-भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल सुरु भइसकेको बताएका छन्। सोमबार भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका बेला भारतीय समकक्षीनरेन्द्र मोदीसँग सीमा समस्याका बारेमा भएको सहमतिअनुसार समाधानका पहल अघि बढाइएको जनाए।

मन्त्री साउदले सिमानाको समस्या समाधान गर्दा राजनैतिक रुपमा सहमति हुनुपर्ने बताउँदै प्रशासनिक रुपमा रहेको मेकानिजम पनि क्रियाशील भई अहिले तथ्यको आधारमा दुवै देशबिच समस्या समाधानका लागि कूटनीतिक पहल चलिरहेको उल्लेख गरे।

उनले हालै भारतका विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा पनि सीमा समस्या समाधानको प्रतिबद्धता भएको जनाए। मन्त्री साउदले आर्थिक समस्या समाधानका लागि सरकारले हाइड्रो इनर्जीलाई बिस्तार गरी भारत, बंगलादेशसँग विद्युत् व्यापार बढाउनुपर्नेमा जोड दिएका छन्। उनले अन्तर्राष्ट्रिय समुदायले नै प्रतिबद्धता क्लिन इनर्जी रहेकाले नेपालले त्यसको सदुपयोग गर्न सक्नुपर्ने बताए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको