Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

नेपालमा मुख्य समस्या भनेको राजनीति नै हो : सागर न्यौपाने

admin

कामदार अभाव अहिलेको ठुलो समस्या हो

नेपालमा अहिले दैनिक प्रयोग हुने सावुन तथा पाउडरहरु धेरै मात्रामा नेपालमा उत्पादन हुने गरेको छ । जसले बहुराष्ट्रिय कम्पनिको उत्पादनहरुसंग प्रतिस्पर्धा गर्दै नेपालीहरुको मन जित्न सफल भएको छ । नेपालमा लुगाधुने सावुन र भाँडा माझ्ने पाउडर उत्पादन गर्दै आएको गोपाल सोप इण्डष्ट्रिज प्रा.लीका जनरल म्यानेजर सागर न्यौपानेसंग मनोज थापाले गरेको कुराकानी :


गोपाल सोप इण्डष्ट्रिज प्रा.लीले के–के उत्पादन गरिरहेको छ ।
गोपाल सोप इण्डष्ट्रिज प्रा.ली २०५६ सालमा स्थपना भएको कम्पनि हो । अहिले जनकपुर, नेपालगञ्ज र विराटनगरमा उत्पादन कारखाना रहेको छ । कम्पनीले डिटरजेण्ट पाउडरतर्फ भि सिरिज गोल्ड, भि सिरिज पपुलर, सुपर, विभिन्न लुगाधुने सावुन र भाँडा माझ्ने पाउडर उत्पादन गर्दै आएको छ ।
बजारको अवस्था कस्तो छ ?
बजारको अवस्था एकदम राम्रो छ । १० वर्ष अघिसम्म नेपालमा बहुराष्ट्रिय कम्पनिको एकलौटी रहेको थियो तर अहिले नेपालको उत्पादनले बजार राम्रो लिएको छ । नेपाली सोप उद्योगले मागको ९५ प्रतिशत पुरा गर्न सकेको छ ।
प्रतिस्पर्धा कस्तो रहेको छ ?
हरेक वस्तुहरुमा प्रतिस्पर्धा हुन्छ । अहिले नेपालका उत्पादन पनि बहुराष्ट्रिय कम्पनिसंग प्रतिस्पर्धा गर्न सक्ने भएका छन् । गुणस्तरमा उनीहरु भन्दा हामी कमजोर छैनौं ।
तपाईहरुले उत्पादन गरेका वस्तुहरुको प्रयोग किन गर्ने ?
नेपाली बजारमा स्वदेशी र गुणस्तरिय उत्पादनहरू सस्तो र शुलभ रूपमा उपभोक्तामाझ उपलब्ध गराइरहेका छांैं । आइएसो प्राप्त कम्पनि हो । त्यसले गर्दा हाम्रो उत्पादन प्रयोग गर्न आग्रह गर्दछु ।
उत्पादनका लागि कच्चा पदार्थ कहाँबाट ल्याउनु हुन्छ ?
हामीले कच्चा पदार्थ युरोप, अष्ट्रेलिया, भारत, चीन लगायतका देशहरुबाट ल्याइहेका छौं ।
नेपालमा साबुनहरु उत्पादन गर्दा कतिको कठिनाइ छ ?
नेपालमा मुख्य समस्या भनेको राजनीति नै हो । त्यो स्थायीत्व हुनुपर्दछ र अर्को भनेको कामदार अभाव ठुलो समस्या छ । सबै विदेशमा जाने प्रवृत्तिले गर्दा नेपालमा उत्पादन गर्नका लागि भारतबाट कामदार ल्याउने अवस्था सृजना भएको छ । सरकार र नीजि क्षेत्र मिलेर नेपालका जनशक्ति विदेश पलाएन हुनबाट रोक्नु पर्दछ ।
तपाईहरुको राज्यसंग कस्तो अपेच्क्षा गर्नु भएको छ ?
नेतृत्वमा भिजन हुनुपर्दछ  । नेपालमा उत्पादन गर्ने वातावरण निर्माण हुुनुपर्दछ । पूर्वधार निर्माणमा राज्य प्रष्ट हुनुपर्दछ । जसले गर्दा उद्योगी व्यवसायीहरुलाई सजिलो हुने थियो ।
तपाईहरुले स्वदेशी उत्पादनलाई बजारीकरण गर्न के गरिरहनु भएको छ ?
हामीले हाम्रो उत्पादनहरु देशका सबै भागमा पु¥याउने लक्ष्यका साथ अघि बढिरहेका छौं । गाउँमा हाम्रो उत्पादन लोकप्रिय भइसकेका छन् अब शहरमा केन्द्रीत हुन थालेका छौं । अन्तराष्ट्रिय उत्पादन सरहको गुणस्तरिय उत्पादन गरिरहेका छौं ।
ग्राहकहरुको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
उहाँहरुको प्रतिक्रिया एकदम राम्रो रहेको छ । एक चोटी प्रयोग गरेका ग्राहकले नियमित नै प्रयोग गरिरहनु भएको छ ।
आगामी योजना के बनाउनु भएको छ ?
आगामी दिनमा नेपालमा डिटरजेण्टमको क्षेत्रमा स्वदेशी उत्पादन मात्र रहोस भन्ने नै हो ।
अन्त्यमा ?
नेपाली उपभोक्तालाई प्रयोग गरेर मात्र त्यसको प्रतिक्रिया दिन अनुरोध गर्दछु । नेपाली उत्पादन नराम्रो हुन्छ भन्नु पहिला त्यसको प्रयोग गर्न आग्रह गर्दछु ।

नेपाली बजारमा स्वदेशी र गुणस्तरिय उत्पादनहरू सस्तो र शुलभ रूपमा उपभोक्तामाझ उपलब्ध गराइरहेका छ। आइएसो प्राप्त कम्पनि हो । त्यसले गर्दा हाम्रो उत्पादन प्रयोग गर्न आग्रह गर्दछु ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको