Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

पूर्वाञ्चल राईजिङ मोडल, २०१८ को ग्रान्ड फिनाले यहि मंसिर २२ गते हुदै

admin

purwanchal rising model nepal

थ्रि डि ईभेन्ट एण्ड मेडिया हाउस प्रालिको प्रस्तुतीमा अबिबाहित तथा बिबाहित युवती तथा महिलाहरु लक्षित गरी आयोजना गरिएको “पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको ग्रान्ड फिनाले यहि मंसिर २२ गते कन्काई पार्टी प्यालेसमा हुने भएको छ।

विर्तामोडमा सोराठी डान्स सेन्टर र ईटहरीस्थित नागी डान्स सेन्टरको हलमा कार्यक्रममा सहभागि प्रतिस्पर्धीहरुलाई केहि साता यता तालिम प्रदान गरिदै आएको कोरियोग्राफर के.डी.भट्राईले जानकारी दिए ।

प्रतियोगिताको फोटो ग्राफी एम के फोटो स्टुडियो गरिरहेको जनाईएको छ। यस सौन्दर्य प्रतियोगिता मार्फत केन्द्रिकित रूपमा काठमाण्डौमा मात्र सन्चालन हुने सौन्दर्य प्रतियोगितामा भाग लिन नसकि निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरु तथा पुरूषहरुलाई उनीहरुको क्षमतालाइ अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको अायोजक सुजन रिमालले जानकारी गराए ।

कार्यक्रमको लागि राजधानीबाट इभेन्ट निर्देशक तथा संचारकर्मी राज लुईटेल लगायत राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु श्रीकृष्ण लुईटेल ,महादेव त्रिपाठी , डिज राज पौडेल, ध्रुव विस्वो लगायत यो माया कस्तो माया फिल्मको टिमको साथै स्थानिय स्तरका कलाकारहरुको समेत प्रस्तुतीले रहने छ । साथै कार्यक्रमको प्रत्यक्ष प्रसारण एरिना टेलिभिजनले गर्ने कुरा अायोजकले जानकारी गराए ।

प्रतियोगिताको बिजेताले आकर्षक पुरस्कारको साथमा चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउने छन् l प्रतियोगिताका लागि छनौट प्रक्रियाबाट छानिएका प्रतिस्पर्धीहरुलाई पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिसकिएको छ जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफरले प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा प्रशिक्षण प्रदान गरेका छन ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा सहित शारीरिक स्वास्थ्य सम्बन्धि बिभिन्न गतिविधीमा समेत सहभागि गराइएको आयोजक सुजन रिमालले जानकारी गराए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको