Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

भरतपुर भ्रमण वर्ष २०२४ को घोषणा

Reporter

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले ‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष-२०२४ को घोषणा गरेकी छिन् ।

होटल व्यवसायीसँग सोमबार भरतपुर भ्रमण वर्ष २०२४ को विषयमा आयोजना गरिएको छलफलमा मेयर दाहालले भरतपुरलाई पर्यटकीय गन्तव्यका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्न भ्रमण वर्ष आयोजना गरिएको बताइन् ।

‘भरतपुरमा अहिले पनि पर्यटक आइरहनु भएको छ,’ उनले भनिन्, ‘भरतपुरलाई विश्वसामु चिनाउन उत्सवको रूपमा यो कार्यक्रम गर्न लागिएको हो । भरतपुर नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो भनी विश्वलाई सन्देश दिने कार्य हुँदैछ ।’

यसका लागि महानगरपालिकाले भ्रमण वर्षको एप, ब्रुसर, स्टिकर,बुकलेट, भिडियो सामाग्री, विभिन्न स्थानमा म्याप बोर्ड राख्ने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तित्व, संघ, संस्था, व्यवसायीलाई निम्तो बाँड्ने काम समेत गरिसकेको उनको भनाइ छ ।

भरतपुर भ्रमण वर्षका लागि निर्माण भएका पर्यटकीय पूर्वाधारले भरतपुरवासीलाई प्रत्यक्ष, अप्रत्यक्ष लाभ पुग्ने प्रमुख दाहालको भनाइ थियो ।

भ्रमण वर्षका लागि भरतपुर ६ देव नगरमा निर्माण गरिएको ‘ओपन जु’ सन् २०२४ मा मात्र नभई सधैँका लागि प्रत्यक्ष रूपमा बाघ हेर्ने स्थल हुने उनको भनाइ छ । ऐतिहासिक दियालो बंगला भ्रमण वर्षपछि पनि सधैँ खुला रहने भएकाले यो भरतपुरको उत्कृष्ट पर्यटकीय गन्तव्य हुन सक्ने प्रमुख दाहालले बताइन् ।

महानगरपालिकाको अथक मिहिनेतपछि यो दुई महत्त्वपूर्ण पर्यटकीय गन्तव्यहरू निर्माण र खुला गर्न सकिएको उनको भनाइ छ । भरतपुरमा जीप सफारी, जङ्गल सफारी, डुङ्गा सफारी, प्याराग्लाइडिङ, मौलाकालिका केबलकारजस्ता धेरै पर्यटकीय गतिविधि गर्न सकिने भएकाले भरतपुर नेपालको प्रमुख पर्यटकीय गन्तव्य बन्ने दिशामा अगाडि बढेको उनले बताइन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको