Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

हल्का वर्षा र हिमपातको सम्भावना

Reporter

पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा आज राति हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा आज अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस रह्योभने आज राति ३.५ भन्दा तल झर्ने अनुमान महाशाखाले गरेको छ ।

महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार अहिले सङ्घीय राजधानी काठमाडौं उपत्यकासहित देशको पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिमी वायु प्रभावकारी नहुँदा हिउँदे वर्षा हुन नसकेको मौसमविद् नगरकोटीले बताइन् । “हिउँमा वर्षा गराउने भनेको पश्चिमी वायुको प्रभावले हो, यो वर्ष पश्चिमी वायुको प्रभाव आए पनि कमजोर किसिमको रहेकाले बाँदल लाग्ने भए पनि वर्षा गराउन सकेको थिएन । अबको केही दिन पश्चिमी वायुको प्रभाव रहेकाले देशका पश्चिमी भेगमा वर्षाको सम्भावना रहेको छ । तथापी पश्चिमी वायु देशको पूर्वी भेगतिर पुग्दा कमजोर भइसक्नेछ ।”

भोलि माघ १७ गते कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम पहाडी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । माघ १८ गते मङ्गलबार पनि गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको