Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

संगठित रुपमा मलाई घेराबन्दीमा पार्ने षडयन्त्र भयो : रवि लामिछाने

Reporter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संगठित रुपमा आफुलाई घेराबन्दीमा पार्ने षडयन्त्र भएको बताएका छन् ।

मंगलबार रास्वपाले काठमाडौँमा आयोजना गरेको चियापान कार्यक्रममा लामिछानेले राज्य र बिभिन्न शक्तिहरुले सहकारीको बिषयलाई लिएर आफुलाई घेराबन्दीमा पार्ने षडयन्त्र गरेको बताएका हुन् ।

उनले आफुले जनताका अगाडी शिर निहुरिने कुनै काम नगरेकाले घेराबन्दीमा पार्ने षडयन्त्र सफल नहुने उल्लेख गरे ।

उपप्रधान एवं गृहमन्त्रीले चाहेको भएर सहकारी पिडितको समस्या समाधान भइसक्ने भएपनि आफ्नो पछाडीमात्रै लाग्ने काम भएको तर्क गरे । उनले मुलुकलाई अघि बढाउन राम्रो नेतृत्व र राम्रा नीति चाहिने भएकाले नीति निर्माणमा हस्तक्षेप गर्ने उदेश्यका साथ पार्टी अघि बढेको धारणा राखे । उनले आफु र पार्टीलाई जनताले गर्ने प्रश्नले सुधारको बाटो देखाउने बताए ।

त्यस्तै, लामिछानेले देश बनाउने मुद्दामा दलहरुका नेताहरुबीच मतभेद भएपनि स्वार्थका बिषयमा भने शीर्ष भनिएका दलहरु एक हुने गरेको पनि बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको