Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

स्वतन्त्र कानुन ब्यवसायी मञ्चले शुक्रवार न्यायालय पूर्नसरंचना सम्बन्धी छलफल गर्दै

Reporter

काठमाडौं । स्वतन्त्र कानुन ब्यवसायी मञ्च निरन्तर रूपमा न्याय,कानुन र सक्षम न्यायपालिका,सबल बार एसोसिएसन,कानुनी शासन,मानव अधिकार लगायतका विविध क्षेत्रहरुमा स्वतन्त्र रूपमा विश्लेषण गर्दै बुलन्द रूपमा आफ्ना स्पष्ट धारणा तथा मागहरु उठाउँदै कानुनी शासनको रक्षाको लागि क्रियाशील रहदै आएको छ ।

संविधान सभाको निर्वाचन प्रक्रियाद्धारा जारी भएको नेपालको संविधान तथा विधायीकाको मनसाय अनुरुपको निर्मित कानुन र कानुनी प्रावधानहरुमा पनि समय सापेक्ष रूपमा परिवर्तन,संशोधन,थप तथा खारेज गर्नुपर्ने महसुस गर्दै स्वतन्त्र कानुन ब्यवसायी मञ्चले २०८० माघ १९ गते शुक्रबार संयोजक यज्ञमणि न्यौपानेले न्यायालय पूर्नसरंचना सम्बन्धी अवधारणा पत्र माथी छलफल तथा विचार विमर्श कार्यक्रम आयोजना गर्ने भएका छ्न ।

न्यायालय पुनसंरचना तथा कानून सुधार सम्बन्धि अवधारणा पत्र माथि विचार व्यक्त गर्ने प्रमुख वक्ताहरुमा पूर्व  न्यायधिस बलराम के.सी. ,वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे, वरिष्ठ अधिवक्ता डा. विपिन अधिकारी,वरिष्ठ अधिवक्ता डा. चन्द्र कान्त ज्ञवाली ,वरिष्ठ अधिवक्ता डा.विजय मिश्र, वरिष्ठ अधिवक्ता सविता भण्डारी तथा  वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई रहेका छन ।

संयोजक यज्ञमणि न्यौपाने सम्पुर्ण कानुनी ब्यवसायी र पत्रकारलाई समेत उपस्थितिको लागि आवहान गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको