Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले चैतमा ‘किसुनजी हाफ म्याराथन’को आयोजना गर्ने

Reporter

नेपाल लोकतान्त्रिक खेलकुद संघको बागमती प्रदेश समितिले चैतमा तेस्रो किसुन जी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन आयोजना गर्ने भएको छ ।

नेपाली कांग्रेसका संस्थापक नेता पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईज्यू (किसुन जी) को स्मृतीमा चैतको १७ गते आयोजना गर्ने बागमती प्रदेश समितिका अध्यक्ष दिपक गुरुङले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिए ।

महिला तथा पुरुष तर्फका विजेतालर समान ७५ हजार , दोस्रो हुनेले ५०, तेस्रो हुने २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। समापनमा खेलकुद क्षेत्रमा विशेष योगदान दिने खेलाडी, प्रशिक्षक र खेल पत्रकारलाई नगद सहितसम्मान गरिने अध्यक्ष गुरुङले जानकारी दिए।

यसपटकबाट छात्रछात्राहरुको लागि रन फर फन ५ किमी दौड पनि समावेश गरिएको‌ बताइएको छ। ५ किमीको‌ दुबैतर्फको विजेता १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

हाफ म्याराथन बुढानिलकण्ठ नगरपालिकाको गोल्फुटारको बास्केटबल कोट बाट सुरू भएर धुम्बराही बोक, सुकेधारा चोक, धोवीखोला पुल, चाबहील चोक, मित्रपार्क, जयवागेश्वरी, गौशला, रातोपुल, ज्ञानेश्वर, कमल पोखरी सि. टि. सेन्टर, कृष्ण पाउरोटी, हात्तिसार, जयनेपाल हल, दरबारमार्ग, केशरमल, लैनचौर, साजिम्पाट, पानीपोखरी, महाराजगंज, नारायण गोपाल चोक, बाँसबारी, गोल्फुटार, हात्तिगौडा, बुढानीलकण्ठ हुँदै गोल्फुटार बास्केटबल कोटमा समापन हुने बताइएको छ ।

सोही पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले समितिका सचिव दामोदर भट्टराई (बद्री) लाई अखिल नेपाल फुटबल संघ (एन्फा) को सह महासचिव नियुक्त भएको‌ र सदस्य राजु बोगटी ए डिभिजन क्लबको उपाध्यक्ष सर्वसम्मत निर्वाचित भएकोमा प्रशंसा पत्र प्रदान गरेका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको