Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

प्रधानमन्त्री ओली दम्पती सहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीले आशिर्वाद थाप्दै एसिया प्यासिफिक सम्मेलन समापन हुँदै

admin

asian pacific summit,2018-nepal

काठमाडौं, मंसिर १६।
प्रधानमन्त्री ओली दम्पती सहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीले आशिर्वाद थाप्दै काठमाडौं घोषणापत्र जारी गरी एसिया प्यासिफिक सम्मेलन समापन हुँदैछ ।

काठमाडौंको होटल हायातमा चलिरहेको एसिया प्यासिफिक सम्मेलनमा सहभागी देशका प्रतिनिधिहरुबीच आज दुई वटा सेसनमा विविध छलफल हुँदैछ ।

पहिलो सेसनमा सहभागी देशहरुले जलवायु परिवर्तनका सम्बन्धमा आ–आफ्नो कार्यपत्र जारी गर्दै छन् ।

त्यसैगरी दोस्रो सेसनमा शान्ति र अन्तर्राष्ट्रिय सम्बन्धमा सञ्चारको भूमिकाबारे छलफल हुने जनाइएको छ ।

त्यसपश्चात काठमाण्डौ घोषणापत्र जारी गर्दै सम्मेलन सकिने बतऐएको छ । सम्मेलनमा सहभागी हुनका लागि बिभिन्न सात देशका प्रतिनिधि अहिले काठमाडौंमा रहेका छन् ।

सम्मेलनको समापन भने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जनाईएको छ ।

यसैबीचमा प्रधानमन्त्री ओली दम्पती सहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई संसारभरी पवित्र आमा भनेर चिनिने डा. हाक जा हान मुनले आशिर्वाद दिने कार्यक्रममा समेत रहेको छ ।

युनिफिकेसन चर्चकी संस्थापक डा. हानले आशिर्वाद दिने र पवित्र जल छर्केर पवित्र बनऔने गरेकि छिन ।

यस्तो किसिमको आर्शिवाद समारोह भने युनिफिकेसन चर्च र यसका सदस्य, यसको बजारीकरणका लागि महत्वपूर्ण मनिने गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको