Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

प्रधानमन्त्री ओली दम्पती सहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीले आशिर्वाद थाप्दै एसिया प्यासिफिक सम्मेलन समापन हुँदै

admin

asian pacific summit,2018-nepal

काठमाडौं, मंसिर १६।
प्रधानमन्त्री ओली दम्पती सहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीले आशिर्वाद थाप्दै काठमाडौं घोषणापत्र जारी गरी एसिया प्यासिफिक सम्मेलन समापन हुँदैछ ।

काठमाडौंको होटल हायातमा चलिरहेको एसिया प्यासिफिक सम्मेलनमा सहभागी देशका प्रतिनिधिहरुबीच आज दुई वटा सेसनमा विविध छलफल हुँदैछ ।

पहिलो सेसनमा सहभागी देशहरुले जलवायु परिवर्तनका सम्बन्धमा आ–आफ्नो कार्यपत्र जारी गर्दै छन् ।

त्यसैगरी दोस्रो सेसनमा शान्ति र अन्तर्राष्ट्रिय सम्बन्धमा सञ्चारको भूमिकाबारे छलफल हुने जनाइएको छ ।

त्यसपश्चात काठमाण्डौ घोषणापत्र जारी गर्दै सम्मेलन सकिने बतऐएको छ । सम्मेलनमा सहभागी हुनका लागि बिभिन्न सात देशका प्रतिनिधि अहिले काठमाडौंमा रहेका छन् ।

सम्मेलनको समापन भने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जनाईएको छ ।

यसैबीचमा प्रधानमन्त्री ओली दम्पती सहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई संसारभरी पवित्र आमा भनेर चिनिने डा. हाक जा हान मुनले आशिर्वाद दिने कार्यक्रममा समेत रहेको छ ।

युनिफिकेसन चर्चकी संस्थापक डा. हानले आशिर्वाद दिने र पवित्र जल छर्केर पवित्र बनऔने गरेकि छिन ।

यस्तो किसिमको आर्शिवाद समारोह भने युनिफिकेसन चर्च र यसका सदस्य, यसको बजारीकरणका लागि महत्वपूर्ण मनिने गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको