Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो) निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु

गठबन्धनका कारण देश गम्भीर अवस्थामा: केपी शर्मा ओली

Reporter

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन्। बुधबार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एमाले सरकारमा जान हतार नगर्ने र गठबन्धनले काम गर्न नसके जुर्मुराउनुपर्ने भन्दै ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने बताएका छन्।

अध्यक्ष ओलीले गठबन्धनका कारण अहिले देशमा ग्रहण लागेको आरोप पनि लगाए। एमालेलाई छेक्न ८ वटा राजनीतिक दलहरु लागेको उनको भनाइ छ। उनले गठबन्धनका दलहरुबाट देश बनाउने कुरा भन्दा गठबन्धन बनाउने र जोगाउने कुरा मात्तै बढी सुनिएको बताए।

‘सरकारमा हुने गठबन्धनेहरुलाई पनि भनिरहेको छु मैले। गम्भीर हुनुपर्ने अवस्था छ। यदी गम्भीर भएन भने देश बर्बाद हुन्छ। तर म तपाईंहरुलाई भन्न चाहन्छु, अलिक समय सूर्यलाई पनि ग्रहण लाग्छ। उनले भने, ‘सूर्य अत्यन्त शक्तिशाली छ। नवग्रह तिनै सूर्यबाट निस्किएका ससाना पिण्डहरु हुन्। त्यसैबाट उछिट्टिएका भने सूर्य त्यस्तो शक्तिशाली हो। त्यति जाज्वल्यमान, त्यति प्रकाशमान, तापमान, सूर्यलाई पनि कहिले कहिले ग्रहण लाग्छ। तर ग्रहण सधैं त लाग्दैन नि। देशलाई पनि कहिले कहिले ग्रहण लाग्छ।’

ओेलीले ०८४ मा एमालेले जित्नुपर्ने बताए । , ‘हामी सरकारमा जाने हतार गर्दैनौं। अब यिनीहरुले गर्न सकेनन् भने त हामीले फेरि उठ्न त परिहाल्छ। तर हामी मिसन ०८४ भनेर ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्छ। हरेक ठाउँ जित्नेगरी एमालेको तयारी हुनुपर्छ। उनले भने ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको