Logo
17 Mar 2025    ३ चैत्र २०८१, सोमबार

ताजा खबर

एसइई परिक्षाको तयारी पूरा प्रतिनिधि सभाको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै, नेपाल प्रहरीमा आईजिपीको टुंगो लाग्ने मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या : मन्त्री गुरुङ प्रचण्डको तस्बिर जलाउने राप्रपाका बम पक्राउ

न्यायाधीश गिरी विरूद्धको वैवाहिक बलात्कार मुद्दामा मिसिल झिकाउने आदेश

Reporter

सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरूद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ। बुधबार कायममुकाम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिसिल झिकाउने आदेश गरेको हो।

रूपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरूद्ध वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने आदेश भएको थियो। उक्त विवादमा काठमाडौं जिल्ला अदालतमा दायर भएको बलात्कारको मुद्दामा गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो। सोही आदेशविरूद्ध उनकी श्रीमतीले उच्च अदालत पाटनमा निवेदन दिएकी थिइन्। उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतकै आदेश सदर गरेपछि गिरीकी श्रीमती सर्वोच्च अदालत पुगेकी हुन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको