Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

न्यायाधीश गिरी विरूद्धको वैवाहिक बलात्कार मुद्दामा मिसिल झिकाउने आदेश

Reporter

सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरूद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ। बुधबार कायममुकाम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिसिल झिकाउने आदेश गरेको हो।

रूपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरूद्ध वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने आदेश भएको थियो। उक्त विवादमा काठमाडौं जिल्ला अदालतमा दायर भएको बलात्कारको मुद्दामा गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो। सोही आदेशविरूद्ध उनकी श्रीमतीले उच्च अदालत पाटनमा निवेदन दिएकी थिइन्। उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतकै आदेश सदर गरेपछि गिरीकी श्रीमती सर्वोच्च अदालत पुगेकी हुन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको