Logo
14 Jul 2024    ३१ असार २०८१, आईतवार

ताजा खबर

लागूऔषध कारोबार गरेको आरोपमा मलेसियन महिला पक्राउ पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार नयाँ प्रधानमन्त्रीको नियुक्ति आज, शपथ भोलि प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार हुने कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस

६ महिनामा साढे २६ करोडको तरकारी र फलफूल निकासी

Reporter

सल्यानका किसानले एक सिजनमा २६ करोडभन्दा बढी रुपैयाँ भित्र्याएका छन्। गत असारदेखि मंसिरसम्म ४८ लाख ५७ हजार २४६ किलो तरकारी र फलफूल बिक्रीबाट २६ करोड ६४ लाख ५० हजार रुपैयाँ कृषकले हात पारेका छन्।

विगतका वर्षहरूको तुलनामा यो वर्ष तरकारी उत्पादन पनि बढेको छ। गत आव २०७९/८० को झण्डै ६ महिनामा १७ करोड २३ लाख १६ हजार ६ सय रुपैयाँको ४२ लाख ९९२ किलो ताजा तरकारी, फलफूल र अदुवा बिक्री भएको थियो।

यो वर्ष गतवर्षको तुलनामा तरकारीको उत्पादन बढेको र मूल्य पनि राम्रो पाएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले जनाएको छ।

देशकै दोस्रो तरकारी संकलन केन्द्र कपुरकोटमा असारदेखि मंसिरसम्म बजार सञ्चालन हुने गर्दछ। उत्पादित टमाटर, काउली, बन्दागोभी, भेडेखुर्सानी, सिमी, फर्सी, आलु लगायतका बेमौसमी तरकारीले योपटक राम्रो भाउ पाएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटका अध्यक्ष तिलक शर्माले जानकारी दिए।

उनका अनुसार व्यापारीहरूले कपुरकोटबाट ताजा तरकारी ४६ लाख ३० हजार ८७१ किलो, अदुवा १ लाख २४ हजार १९ किलो र १ लाख २ हजार ३५६ किलो फलफूल खरिद गरेर लगेका छन्।

कपुरकोट क्षेत्रबाट सबैभन्दा धेरै टमाटर बिक्री भएको छ। किसानले १३ लाख ६९ हजार ४७५ किलो टमाटर बेची ८ करोड २३ लाख ८३ हजार ३८ रुपैयाँ आम्दानी गरेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको