Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

व्यवसायी अरुण चौधरी पक्राउ

Reporter

व्यवसायी अरुण चौधरी बिहीबार पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राजधानीको लैनचौरबाट पक्राउ गरेको हो।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा उनलाई पक्राउ गरिएको ब्युरोकी एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

उनी प्रतिनिधिसभा सदस्य तथा अर्बपति व्यापारी विनोद चौधरीका भाइ हुन् ।  बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा आफ्नो बनाएको आरोप उनीमाथि छ ।

वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने सर्तमा तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ खोलेको चौधरी समूहले केही वर्षपछि त्यो जग्गालाई आफ्नो निजी सम्पत्ति बनाएको बताइन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको