Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

चालीस वर्षपछि नयाँ पर्यटन ऐनको मस्यौदा तयार गरिदै

admin

Ministryof culture and tourism

काठमाडौं, मंसिर १६।
आफ्नो होटेल परिसरमा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनुपर्ने जुनसुकै प्रकारको राजस्व नतिरेमा सम्बन्धित होटेलले बेहोर्नुपर्ने प्रावधानसहित नयाँ पर्यटन ऐनको मस्यौदा तयार गरिएको छ । सरकारले पहिलोपटक क्यासिनोलाई समेत ऐनमा समेटेर नयाँ ऐनको प्रारम्भिक मस्यौदा बनाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको ‘संघीय पर्यटन विधेयक, २०७५’ संसदको यहि अधिवेशनमा प्रस्तुत गर्ने योजना भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जनाए । सरकारले ४० वर्षपछि पुरानो पर्यटन ऐन विस्थापित गरी नयाँ ऐन ल्याउन लागिरहेको छ । आज सम्म पर्यटन ऐन २०३५ ्नै कार्यान्वयनमा छ । उक्त ऐन हालसम्म ५ पटकसम्म संशोधन भइसकेको छ ।

अहिले देशभर सञ्चालित क्यासिनोहरूको क्यासिनो नियमावली,२०७० मार्फत मात्रै नियमन भइरहेको छ । पछिल्लो समय क्यासिनोले नियमसंगत राज्यलाई कर तिर्न नसक्दा अर्बौं रुपैयाँ बक्यौता रहेको छ । अझ भनौ कतिपय क्यासिनो अदालतबाट अन्तरिम आदेश लिएर सञ्चालन हुने तर सरकारी रोयल्टी भने नतिर्ने प्रवृत्ति हावी छ । प्रस्तावित पर्यटन ऐनअनुसार अब पाँचतारे होटेल या लक्जरी रिसोर्ट एरियामा मात्र क्यासिनो सञ्चालन हुनेछन् । ती क्यासिनोले राज्यलाई तिर्नुपर्ने रकम नतिरे त्यसको सम्पुर्ण कुराको जिम्मेवार होटेल हुने सम्बन्धी सम्झौता क्यासिनो र होटेल सञ्चालकबीच भएपछि मात्र सरकारले क्यासिनो सञ्चालनको अनुमति प्रदान गर्नेछ ।

आधुनिक मेसिन र उपकरणका माध्यमबाट मात्र खेलाइने क्यासिनोका हकमा भने चारतारे होटेलमात्र भए पनि हुने ऐनको प्रस्ताव छ । नयाँ ऐन प्रारम्भ भएपछि त्यसको ६ महिनाभित्र सबै क्यासिनोले ऐन बमोजिम इजाजतपत्र लिनुपर्ने जनाईएको छ । त्यसरी इजाजत नलिए सञ्चालन अनुमति नपाउने र यस सम्बन्धमा जुनसुकै विवाद उठे मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्ने प्रस्ताव समेत मन्त्रालयले गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको