Logo
13 Dec 2024    २८ मंसिर २०८१, शुक्रबार

ताजा खबर

नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार पत्रकार महासङ्घको निर्वाचन आज फरार जीबी राईको राहदानी रोक्का प्रधानमन्त्री ओलीविरुद्धको कसुरमा धरौटीमा छाड्न आदेश, अर्को मुद्दामा हिरासतमा बस्नेछन् दुर्गा प्रसाई रविलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति कमलादीमा भासिएको सडक आजदेखि प्रयोगमा

भत्किएको नहरको कारण अझै पत्ता लागेनः सिक्टा सिँचाइ आयोजना

admin

sikta aayojana

काठमाडौं, मंसिर १६।
राष्ट्रिय गौरवको भनिएको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य नसक्दै मूल नहर भत्किएपछि सम्पूर्ण काम अहिले रोकिएको छ । पानी पठाएर परीक्षण गर्ने क्रममा गत असारमा मूल नहर भत्किएको थियो । त्यसको कारण पत्ता नलाग्दाआझैसम्म निर्माण कार्य रोकिरहेको जनाइएको छ ।

गल्ती पत्ता नलाग्दा मूल नहरको बाँकी रहेको सम्पुर्ण काम ठप्प भएको छ । अहिले नहर भत्किनुको कारण पत्ता लगाउन इन्जिनियरिङ विज्ञ र माटो विशेषज्ञसँग छलफल तथा निरीक्षण भने भइरहेको छ । धेरै प्र्रयास गर्दा पनि गल्तीको कारण पत्ता लगाउन नसकिएको्ले पुल्चोक क्याम्पसका इन्जिनियर र अस्ट्रेलियन विज्ञलाई समेत निरीक्षण गरी समस्या पत्ता लगाउन अनुरोध गरिएको जनऐएको छ  ।

मूल नहरदेखि झन्डै ३० किलोमिटर दूरीमा समस्या देखिएको हो । त्यसमध्ये तीन किलोमिटर दूरीमा अझै बढी समस्या देखिएको छ तर कारण पत्ता नलागे सम्म मर्मत र सम्भारका कुनै काम अघि बढऔन नसकिने बतऐएको छ । नहरको कुल लम्बाइ ४५.२५ किमि रहेको छ ।

आयोजनाले पानी नछोड्दा ६५ हजार किसान मारमा परेका छन
संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको भनिएको सिक्टा सिँचाइ आयोजनाअन्तर्गतको मूल नहरमा पानी छाड्न सरकारलाई निर्देशन दिए पनि आगामी वर्षासम्म पानी छोड्न नसकिने कुरा आयोजना स्रोतले जनाएको छ । मूल नहरमा पानी छोड्नसाथ भत्किने गरेकाले मर्मत नहुँदै पानी छोड्न नसकिने र कारण पत्ता नलाग्दै मर्मत हुन नसक्ने र  मर्मत नहुँदै पानी छोड्न नमिल्ने आयोजना स्रोतले जनाएको छ ।

बाँकेको लगभग ४२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले निर्माण हुदै गरेको राष्ट्रिय गौरवको आयोजना निर्माणमा ढिलाइ भएपछि त्यस वरपरका करिव ६५ हजार कृषक मारमा परेका छन् । मूल नहरमै कमजोरी भएपछि बाँकेका कृषकले आगामी वर्षे धानका लागि समेत अब आकाशे पानीको भर पर्नुपर्ने देखिएको छ ।

सिक्टा सिँचाइ आयोजनाको करिव ५६ प्रतिशत निर्माण कार्य पूरा हुदा अहिलेसम्म १४ अर्ब ९० करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ । आयोजनाको गुरुयोजना २०६३/०६४ स्वीकृत भएको भै आर्थिक वर्ष २०७१/०७२ मा सम्पन्न गरिसक्नुपर्ने भनिएको सो आयोजनाको लागत बढेर २५ अर्ब दुई करोड पुगिसकेको छ । यसअघि सो आयोजनाको लागत १२ अर्ब ८० करोड अनुमान गरिएको थियो । बायाँतर्फ भने आव २०७६/०७७ सम्ममा नहर निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि अझै सो क्षेत्रमा ४५ प्रतिशत निमाण कार्य बाँकी नै रहेको छ ।

पूर्वी नहर र सिधनिया शाखा नहरमा काम जारी रहे पनि डुडुवा नहरको ठेक्का रद्द गरिएको जनऐएको छ । उता डुडुवा नहर निर्माणको काम निर्धारित समयमा पूरा गर्न नसकेपछि पप्पु कन्स्ट्रक्सनसँगको ठेक्का सम्झौता तोडिएको सिक्टा सिँचाइ आयोजनाले बताएको छ । पप्पु कन्स्ट्रक्सनले डुडुवा नहर प्रणाली निर्माणको काम २८ महिनामा सक्ने गरी ठेक्का लिएको भए पनि अवधि पूरा हुँदासम्म करिब सात प्रतिशत काम मत्र गरेपछि ठेक्का सम्झौता रद्द गरिएको आयोजना स्रोतले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको