Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग भिजिट भिसामा संलग्नता पुष्टी भए राजनीतिबाट सन्यास लिन्छुः गृहमन्त्री

चिकित्सक लाइसेन्स परीक्षामा ५६ प्रतिशत उत्तीर्ण

Reporter

 चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स)मा ५६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले माघ १६ देखि १९ गतेसम्म सञ्चालन गरेको ६८औँ लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत परीक्षर्थी उत्तीर्ण भएका हुन् ।

काउन्सिलका अनुसार लाइसेन्स परीक्षामा मेडिकलतर्फ एक हजार ७३७ र डेन्टलतर्फ २८५ गरी जम्मा दुई हजार २२ जना परीक्षार्थी सहभागी थिए । जसमा मेडिकलमा ९६२ (५५.९६ प्रतिशत )र डेन्टलतर्फ १७४(६१.०५ प्रतिशत )परीक्षार्थी उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।

काउन्सिलले परीक्षाको नतिजा चित्त नबुझेमा परीक्षार्थीले सूचना प्रकाशित भएको ३५ दिनभित्र पुनर्योग गर्न सक्ने व्यवस्था गरेको छ ।  यसअघि ६७ औं लाइसेन्स परीक्षामा ४६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको