Logo
22 Jan 2025    ९ माघ २०८१, बुधबार

ताजा खबर

साढे चार अर्ब फिर्ता गरिदिन माग गर्दै महानगरमा सहकारी बचतकर्ताको निवेदन अष्ट्रेलियासँग पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरियो सुनको भाउ एकै दिन १९ सयले बढ्यो सञ्चारकर्मी तथा गीतकार गीताको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण टर्कीमा भएकाे आगलागीमा मृत्यु हुनेकाे संख्या ७६ पुग्याे संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

रवि लामिछानेसहित १८ जनाविरुद्ध सहकारी पीडितको पूरक जाहेरी

Reporter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनसहित १८ जनाविरुद्ध सूर्यदर्शन सहकारीका पीडितले पूरक जाहेरी दिएका छन् ।

पोखरास्थित सूर्यदर्शन सहकारीका पीडितले जिल्ला प्रहरी कार्यालय कास्कीमा सोमबार रास्वपा सभापति लामिछाने, विद्यार्थी नेता पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध सहकारी ठगीमा पूरक जाहेरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकका अनुसार सहकारी ठगीमा पहिल्यै दर्ता भएर अनुसन्धान जारी रहेका मुद्दामा अहिले नयाँ जाहेरी दर्ता नगरी सहकारी पीडित पक्षले ‘पूरक’ जाहेरी दिएको हुन् ।

प्रहरी कार्यालय कास्की अनुसार सहकारी पीडितहरुले सभापति लामिछाने, पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेचर हब प्रालि, गोर्खा मिडिया प्रा.लि., वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियल स्टेट, गोर्खा ग्रुप इन्भेस्टेन्ट, गोर्खा आयुर्वेद प्रालि लगायत विरुद्ध पूरक जाहेरी परेकाे छ ।

सहकारी ठगी प्रकरणमा प्रहरीले जीबी राईसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेकाे छ । तीमध्ये १५ जना फरार छन् भने ३ जना अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन् ।

सहकारी ठगी प्रकरणमा बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको जाहेरीमा उल्लेख छ । सहकारी ठगी गरेको कसुरमा बिगोबमोजिमको जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय हुने सहकारी ऐनमा व्यवस्था ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको