Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा ओलीको निर्णयले दुई प्रभावशाली नेता आउट, एमालेले नयाँ अनुहार अघि सार्‍यो

अरुण चौधरीलाई थप २ दिन थुनामा राख्न अदालतको अनुमति

Reporter

 जिल्ला अदालत काठमाडौंले बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीन जनामाथि अनुसन्धान गर्न दुई दिन म्याद थप गरेको छ ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार अभियुक्तहरुलाई दुई दिन थुनामा राखी थप अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुणकुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर थुनामा छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई माघ १८ मा पक्राउ गरेको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको