Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

सर्लाहीमा नापी कार्यालयको गाडी दुर्घटना, अधिकृतसहित १० जना घाइते

Reporter

सर्लाहीको नवलपुर-मलंगवा सडकखण्डअन्तर्गत चमेलीमाई मन्दिरनजिक सोमबार साँझ नापी अधिकृतसहित अन्य कर्मचारी चढेको गाडी दुर्घटना हुँदा नापी कार्यालय मलंगवाका प्रमुख सञ्जय मानन्धरसहित १० जना घाइते भएका छन् ।

नापी कार्यालय मलंगवाका कर्मचारी सवार गाडी कविलासी नगरपालिका-१० सलेमपुरस्थित चमेली माई मन्दिरनजिक उखु लोड गरिएको गाडीसँग ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । घाइते सबैलाई थप उपचारका लागि वीरगन्ज पठाइएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको