Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

जिदानले देखाए प्रशिक्षणमा फर्कने संकेत

admin

Zidane

काठमाडौं, मंसिर १६।
रियल म्याड्रिडलाई लगातार तीनपटक युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको उपाधि दिलाउन सफल जिनेदिन जिदानले फेरि प्रशिक्षणमा फर्कने संकेत देखाएका छन् । रियललाई च्याम्पियन्स लिगको इतिहासमै ह्याट्रिक गर्दै लगातार तिनपटक उपाधी दिलाएको दुई दिनपछि नै प्रशिक्षकबाट उनले राजीनामा दिएका थिए ।

जिदानले अचानक रियल छाड्नुको कारण अहिलेसम्म कसैलाई केहि बताएका छैनन् । त्यसपश्चात जिदान कुनै पनि क्लबसँग अनुबन्धित भएका छैनन । तर, उनका छोरा इन्जो जिदानले भने आफ्नु पिता चाँडै नै प्रशिक्षणमा फर्कने जनाएका छन् ।

जिदान युनाइटेडमा जान सक्ने संकेत
एकै क्लबमा लामो समय बस्न नहुने धारणा राख्ने जिदान अब भने इंग्लिस प्रिमियर लिग म्यानचेस्टर युनाइटेडसँग आबद्ध हुन सक्ने इन्जोले बताएका छन् । ‘सम्भवत बुबा (जिदान) म्यानचेस्टर युनाइटेडसँग आबद्ध हुन सक्नुहुनेछ’, छोरा इन्जोल भने । अहिले इन्जो स्पेनिस क्लब मजादाहोसँग आबद्ध भएर खेल खेलिरहेका छन् । यो भने बी डिभिजनको क्लब हो । छोरा इन्जोले बुबा लामो समय चुप लागेर बस्न नसक्ने व्यक्ति भएको समेत जनाए  । ‘बुबालाई धेरै लामो समयसम्म चुप लागेर बस्न मन लाग्दैन,’ इन्जोले भने, ‘अहिले इंग्लिस क्लबसँग उहाको कुराकानी भइरहेको छ ।’

साढे दुई वर्षमा ९ उपाधि कब्जा
जिदानले रियलमा रहदा लगभग साढे दुई वर्ष भित्र रियललाई ९ उपाधिमा कब्जा दिलाएका थिए । रियलले पाँच वर्षको अन्तरालपछि ठुलो सफलताको रुपमा स्पेनिस ला लिगा उपाधि उनकै कार्यकालमा हात पारेको थियो । त्यससंगै , सुपरकोपा डे इस्पाना, युइएफए सुपर कप पनि जिदानले रियललाई दिलाए का थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको