Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो)

जिदानले देखाए प्रशिक्षणमा फर्कने संकेत

admin

Zidane

काठमाडौं, मंसिर १६।
रियल म्याड्रिडलाई लगातार तीनपटक युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको उपाधि दिलाउन सफल जिनेदिन जिदानले फेरि प्रशिक्षणमा फर्कने संकेत देखाएका छन् । रियललाई च्याम्पियन्स लिगको इतिहासमै ह्याट्रिक गर्दै लगातार तिनपटक उपाधी दिलाएको दुई दिनपछि नै प्रशिक्षकबाट उनले राजीनामा दिएका थिए ।

जिदानले अचानक रियल छाड्नुको कारण अहिलेसम्म कसैलाई केहि बताएका छैनन् । त्यसपश्चात जिदान कुनै पनि क्लबसँग अनुबन्धित भएका छैनन । तर, उनका छोरा इन्जो जिदानले भने आफ्नु पिता चाँडै नै प्रशिक्षणमा फर्कने जनाएका छन् ।

जिदान युनाइटेडमा जान सक्ने संकेत
एकै क्लबमा लामो समय बस्न नहुने धारणा राख्ने जिदान अब भने इंग्लिस प्रिमियर लिग म्यानचेस्टर युनाइटेडसँग आबद्ध हुन सक्ने इन्जोले बताएका छन् । ‘सम्भवत बुबा (जिदान) म्यानचेस्टर युनाइटेडसँग आबद्ध हुन सक्नुहुनेछ’, छोरा इन्जोल भने । अहिले इन्जो स्पेनिस क्लब मजादाहोसँग आबद्ध भएर खेल खेलिरहेका छन् । यो भने बी डिभिजनको क्लब हो । छोरा इन्जोले बुबा लामो समय चुप लागेर बस्न नसक्ने व्यक्ति भएको समेत जनाए  । ‘बुबालाई धेरै लामो समयसम्म चुप लागेर बस्न मन लाग्दैन,’ इन्जोले भने, ‘अहिले इंग्लिस क्लबसँग उहाको कुराकानी भइरहेको छ ।’

साढे दुई वर्षमा ९ उपाधि कब्जा
जिदानले रियलमा रहदा लगभग साढे दुई वर्ष भित्र रियललाई ९ उपाधिमा कब्जा दिलाएका थिए । रियलले पाँच वर्षको अन्तरालपछि ठुलो सफलताको रुपमा स्पेनिस ला लिगा उपाधि उनकै कार्यकालमा हात पारेको थियो । त्यससंगै , सुपरकोपा डे इस्पाना, युइएफए सुपर कप पनि जिदानले रियललाई दिलाए का थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको