Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित

‘गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान’ एलनलाई

Reporter

यस वर्षको ‘गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान’ समाजवादी प्रेस संगठन, नेपालका महासचिव रामकुमार एलनलाई प्रदान गरिने भएको छ।

झरना साहित्यिक परिवार बकैया मकवानपुरले गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान २०८० पत्रकार एलनलाई प्रदान गर्ने निर्णय गरेको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभाग सदस्य रहनु भएका एलन मधेशदृष्टि दैनिकको सम्पादक हुनुहुन्छ

पत्रकार गोकर्ण गौतमको स्मृतिमा स्थापना गरिएको पुरस्कार ताम्रपत्रसहित ११ हजार १ सय ११ रुपैयाँ राशीको रहेको झरना साहित्यिक परिवारले जनाएको छ ।  संस्थाका सचिव मसान उपासकका अनुसार पुरस्कार फागुन १२ गते प्रदान गरिने छ।  ‘यो वर्षको पुरस्कार पत्रकार रामकुमार एलनलाई प्रदान गर्ने संस्थाले निर्णय गरेको छ’  सचिव उपासकले भन्नुभभयो– ‘फागुन ११ र १२ गते बकैया साहित्य महोत्सव २०८० का अवसरमा पुरस्कार प्रदान गर्ने तयारीमा छौं। महोत्सवको पहिलो दिन बालबालिकाहरूको उपस्थिति रहन्छ भने दोस्रो दिन सबै उमेका साहित्य अनुरागीहरूको सहभागिता रहने छ।’

महोत्सवको पहिलो दिन बकैया गाउँपालिका मकवानपुरका उपाध्यक्ष भक्त बहादुर खत्री र दोस्रो दिन पालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतित्थ्यता रहेन सचिव उपासकले जानकारी दिनुभएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको