Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

पाकिस्तानमा आज आम निर्वाचन

Reporter

पाकिस्तानमा आम निर्वाचनका लागि आज मतदान हुँदै छ । निर्वाचनको पूर्वसन्ध्यामा बुधबार पनि हिंसाका घटना भएका छन् । बलुचिस्तान प्रान्तमा निर्वाचन कार्यालयलाई लक्षित गरी दुई वटा बम विस्फोट हुँदा कम्तीमा पनि ३० जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।

पूर्वप्रधानमन्त्री नवाज सरिफलाई सेनाको समर्थन रहेको विश्वास गरिएको छ भने पूर्व प्रधानमन्त्री इमरान खान जेलमा रहेकाले शरीफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) चुनावमा सबैभन्दा ठुलो पार्टी बन्न सक्ने आकलन गरिएको छ ।

खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का उम्मेद्वार सर्वोच्च अदालतले आफ्नो पार्टीको चुनावी चिन्ह क्रिकेट ‘ब्याट’ हटाउने निर्वाचन आयोगको निर्णयलाई समर्थन गरेपछि स्वतन्त्र रूपमा चुनाव लडिरहेका छन् । ७४ वर्षीय सरिफले बिहीबार हुने निर्वाचनमा कीर्तिमानी चौथो कार्यकाल प्रधानमन्त्री बन्ने लक्ष्य राखेका छन् ।

बिलावल भुट्टो–जरदारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) पनि प्रतिस्पर्धामा रहेको छ । बिलावल भुट्टो जरदारीलाई पार्टीले प्रधानमन्त्री पदको रुपमा घोषणा गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको