Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो) निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु

काठमाडौँ महानगरले सार्वजनिक स्थलमा १ हजार ९५० सेट डस्टबिन राख्दै

Reporter

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा १ हजार ९५० सेट डस्टबिन राख्ने भएको छ ।

सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न काठमाडौँ महानगरपालिकाले १ हजार ९५० सेट संकलन बिन राख्ने भएको हाे ।

एउटा सेटमा २ वटा बिन हुन्छन् । यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहोरका लागि हो ।

महानगरपालिकाले सबै ठाउँमा एकैपटक काम गर्दा नतिजा आउन नसक्ने भएकाले नमुनाका लागि वडा नम्बर २७ बाट वर्गीकरण भएको फोहोरमात्र संकलन गर्न थालेका छन् ।

यसरी राखिने सेट दुई प्रकारका छन् । पहिलो खाले सेट सानो आकारको हुन्छ । यसमा राखिने एउटा बिनको क्षमता ७० लिटरको हुनेछ । १.२ मिटर उचाइ, १.२३ मिटर चौडाइ र २५.५५ किलोग्राम तौलको फलामे स्ट्याण्डमा बिन राखिनेछन् ।

यसमा राखिने स्ट्यान्डको मूल्य ५ हजार १ सय ५० रुपैयाँ र डस्टबिन प्रतिसेट २ हजार ९ सय ५० रुपैयाँ हो । यस्ता बिन ३ सय सेट राखिनेछन् ।

मध्यम आकारका सेटमा १.३ मिटर चौडाइ र १.४ मिटर उचाइ भएको स्ट्यान्ड हुनेछ । १ सय २५ लिटर क्षमताका दुइटा बिन राखिनेछन् । यसमा प्रयोग हुने स्ट्यान्डको मूल्य ५ हजार ४ सय ५० रुपैयाँ र बिनको ३ हजार ८ सय ९० रुपैयाँ हो ।विभागकाअनुसार यो मुल्य कर बाहेकको हो । खुला प्रतिस्पर्धाबाट लिइने यी सामग्रीमध्ये केही सेट महानगरपालिकामा आइसकेका छन् ।

बिनको माथिल्लो भागमा कुन प्रकारको फोहोर हाल्ने भाँडो हो भन्ने लेखिएको हुनेछ ।

यी सेटहरू वडासँग समन्वय गरेर फोहोर व्यवस्थापन कार्यमा खटिने नाइकेहरूको जिम्मामा राखिनेछ । हरेक सेटमा नम्बर दिइएको छ । यसका आधारमा कुन सेट कसको जिम्मामा छ भन्ने थाहा हुन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको