Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

फोनमा साथिसंग कुरा गर्दै अमेरिकामा नेपाली युवाले गरे आत्महत्या

admin

SUICIDE

साथीसँगको फोनमा कुरा हुदाहुदै कसैले आत्महत्या गर्न सक्ला ?
साथिसंग फोन गरेर कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या नै गरेका छन् । सन्नीभेल सहरमा बस्दै आएका २४ वर्षीय गणेश तिवारीले बिहीबार आत्महत्या गरे । उनी नवलपरासी स्थायि घर भएर अमेरिका बस्दै आएका थिए ।

आत्महत्या गर्नुअघि गणेशले आफु नजिकै बस्ने अर्की एक साथीलाई भिडियो कल गर्दै आत्महत्या गर्न लागेको जानकारी दिएका थिए । परीक्षा दिन हतारमा तयारी गर्दै गरेकिन ती साथीले जिस्किएको ठानिन् । तैपनि बुझ्नको लागि आफ्नु एक साथीलाई तिवारी बस्ने घरमा पठाएकी थिइन् । ‘ठट्टा सोच्दासोच्दै सत्य पो सावित भयो,’ उनका साथीले भने ।

गणेश हाइल्यान्डर अपार्टमेन्टमा दुईजना साथीसँग रहदै आएका थिए । ती साथीहरूका अनुसार उनि अरू वेला पनि आत्महत्या गर्ने कुरा गरिरहन्थे । ‘अमेरिका आएपछि पहिला पनि कोसिस गरेँ, तर सकिनँ भन्थ्यो,’ उनका एकजना साथीले बताए,- ‘जे कुरा गर्दा पनि एकदम उत्साहित हुन्थ्यो, जसले जे गरम् भने पनि ल गरम्–गरम् भन्थ्यो ।’

बिहीबार दिउँसो ३ बजेदेखि काममा जानुपर्नेमा गणेश ढिलो समयसम्म नउठेपछि उनका ‘रुममेट’ र अर्का एक विद्यार्थीले ढोका फुटाएका थिए । राति अबेरसम्म ग्यास स्टेसनमा काममा गरेर आएपछि अर्को दिन उनी निकै बेरसम्म सुत्ने गर्थे ।

‘दुई–चारपटक ढोका ढक्ढक्याउदा पनि खोलेन, सुतेकै होला भनेर उठाइनँ,’ उनका साथीले भने, ‘काममा जाने वेला हुँदा पनि नउठेपछि फोन गरे त्यो नि उठाएन, ढोका फुटाएर भित्र पस्दा झुन्डिराखेको थियो ।’ उनीहरूले नै प्रहरीलाई खबर गरे ।

२०१६ को अगस्टमा विद्यार्थी भिसामा अमेरिका आएका तिवारी मिनिसोटा युनिभर्सिटीमा कम्प्युटर साइन्स पढ्दै थिए । तर, ग्र्याजुएट नभई झन्डै डेढ वर्षअघि उनी क्यालिफोर्नियातर्फ आएका थिए । उनले आत्महत्या गर्नुको कुनै ठोस कारण खुल्न सकेको छैन । साथीहरूसँग भने उनी पटक–पटक भाइलाई पढ्न अस्ट्रेलिया पठाउनुपर्ने कुरा गर्थे । उनका बुबा माओवादी द्वन्द्वकालमा बेपत्ता भएका थिए । उनकी आमा, एक भाइ र दुई दिदी छन् । दिदीहरूको भने बिहे भइसकेको छ ।

बे एरियामा रहेका नेपालीहरुको संस्था सन्नी सगरमाथा समाजले तिवारीको परिवारलाई सम्पर्क गर्ने र मद्दत गर्ने कोसिस गरिरहेको छ । गो फन्डनामक अनलाइन चन्दा संकलन गर्ने साइटबाट समेत नेपालीलाई अनुरोध गरेर उनको अन्तिम संस्कारको प्रबन्ध मिलाउने प्रयास गरिरहेको छ । उनको शव नेपाल नै लैजाने कि यहीँ अन्तिम संस्कार गर्ने अझै सम्म टुंगो लागेको छैन ।

‘उहाँको परिवारका कुनैपनि सदस्यहरू कुरा गर्न सक्ने अवस्थामा हुनुहुन्न,’ समाजसेवी हरिहर दाहालले बताए, ‘एक–दुई दिनमा तय हुन्छ होला ।’ उनको मृत शरीर नेपाल लैजान २५ हजार डलरभन्दा ज्यादा खर्च हुने जनाइएको छ ।

पछिल्लो तीन वर्ष बिचमा क्यालिफोर्नियामा चारजना विद्यार्थीले आत्महत्या गरिसकेका छन् । गत सेप्टेम्बरमा सानफ्रासिस्कोको गोल्डेनगेट पुलबाट हामफालेर अर्का एक नेपालीले आत्महत्या गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको