Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

आजदेखि ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु

Reporter

अध्यागमन विभागले आजदेखि ई-भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ ।

आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरेका हुन् ।  यो सेवा सुरु गरेसँगै नेपाल आएका पर्यटकले ई–भिसा देखाएपछि एयरपोर्टमा नै भिसा पाउनेछन् ।

विभागले केही समय अघिदेखि परीक्षणका रूपमा सुरु गरिसकेको सेवा पूर्णरूपमा सफल भएपछि आजबाट औपचारिकता दिएको हो। नेपाल आउने विदेशी पर्यटकलाई भिसाका लागि दूतावास धाउनुपर्ने र विमानस्थलमा लाइन लाग्नुपर्ने बाध्यता हटेको विभागले जनाएको छ।

विभागले स्वचालित प्रणाली लागू गर्दै अनलाइन तथा भावी सुधारका योजनासमेत सार्वजनिक गरेको छ। ई‍-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाले भिसा प्रक्रिया र विदेशी पर्यटकका लागि सहज हुने विभागको दाबी छ।

यो भिसा प्रणाली लागू भएसँगै विदेशी नागरिकले जुनसुकै स्थानबाट भिसाका लागि आफैँ आवेदन गर्न सक्नेछन्। साथै, अध्यागमन विभाग र कार्यालयहरूलाई पूर्णरूपमा प्रविधियुक्त र स्वचालित समेत भइसकेको विभागले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको