Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै

आजदेखि ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु

Reporter

अध्यागमन विभागले आजदेखि ई-भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ ।

आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरेका हुन् ।  यो सेवा सुरु गरेसँगै नेपाल आएका पर्यटकले ई–भिसा देखाएपछि एयरपोर्टमा नै भिसा पाउनेछन् ।

विभागले केही समय अघिदेखि परीक्षणका रूपमा सुरु गरिसकेको सेवा पूर्णरूपमा सफल भएपछि आजबाट औपचारिकता दिएको हो। नेपाल आउने विदेशी पर्यटकलाई भिसाका लागि दूतावास धाउनुपर्ने र विमानस्थलमा लाइन लाग्नुपर्ने बाध्यता हटेको विभागले जनाएको छ।

विभागले स्वचालित प्रणाली लागू गर्दै अनलाइन तथा भावी सुधारका योजनासमेत सार्वजनिक गरेको छ। ई‍-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाले भिसा प्रक्रिया र विदेशी पर्यटकका लागि सहज हुने विभागको दाबी छ।

यो भिसा प्रणाली लागू भएसँगै विदेशी नागरिकले जुनसुकै स्थानबाट भिसाका लागि आफैँ आवेदन गर्न सक्नेछन्। साथै, अध्यागमन विभाग र कार्यालयहरूलाई पूर्णरूपमा प्रविधियुक्त र स्वचालित समेत भइसकेको विभागले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको