Logo
07 Dec 2025    २२ मंसिर २०८२, आईतवार

ताजा खबर

सुमी पराजुलीको नयाँ म्युजिक भिडियो ‘पिपल बोटैमा’ सार्वजनिक(भिडियो) कार्यक्रम व्यवस्थापन संघ, नेपालद्वारा वृहत भेला तथा वनभोज कार्यक्रम सम्पन्न साना व्यवसायीमाथि सुन्तला निचोरेजस्तो व्यवहार हुन्छ एनपीएलः लिग चरणको अन्तिम खेल हुँदै क्यानडाको युकोनमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ७९ वर्षयताकै सबैभन्दा ठूलो गोवामा नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु

नेपाल टेलिकमको नेटवर्क : पछिल्लो डेढ महिनामा चारपटक समस्या

admin

Nepal Telecome

काठमाडौं, मंसिर-१७ ।
आइतबार दिउँसो करिव २ बजेदेखि सवा ५ बजे सम्म नेपाल टेलिकमका मोबाइल तथा ल्यान्डलाइन सेवामा समस्या देखियो । जसले गर्दा फोन लाग्दै नलाग्ने, लागेपनि आवाज नै नसुनिने, कुरा गर्दागर्दैै बीचमै कल काटिनेजस्ता धेरै समस्या टेलिकमका प्रयोगकर्ताले व्योहोर्नुपरेको थियो ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणको उपभोक्ता शाखाको तथ्यांकअनुसार पछिल्लो डेढ महिनाको अवधिमा हेर्दा टेलिकमको नेटवर्कमा हिजोसम्म गरी चारपटक यस्तो समस्या देखिएको छ । यसअघि पनि ४ मंसिरमा सिस्टमको समस्याका कारण टेलिफोन सेवा प्रभावित भएको कम्पनीले जानकारी दिएको थियो । त्यस्तै, आइतबार भने सुन्धारा क्षेत्रमा अप्टिकल फाइबर चुँडिँदा काठमाडौंका केही क्षेत्रमा सेवा अवरुद्ध हुन पुगेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जनाईन  ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको