Logo
20 Jul 2024    ५ श्रावण २०८१, शनिबार

ताजा खबर

गायिका सुमी पराजुलीको ‘लुकामारी’ सार्वजनिक(भिडियो) जिग्री पाँडे टिमको ‘लाज शरणम्’ निर्माणको घोषणा सामाजिक सुरक्षा कोषले अधिकतम ७.५ प्रतिशतको ब्याजदरमै सापटी दिने बंगलादेशमा हिंस्रक आन्दोलन थप चर्कियो,कम्तीमा २५ को मृत्यु राष्ट्रिय सभा बैठक बस्दै किरण माइकल घिमिरेको लेखन तथा निर्देशनमा वेभ सिरिज ‘मोड’ बन्ने

साधना म्युजिक रिवार्डमा शम्भुजित बास्कोटालाई दीर्घ साधना सम्मान प्रदान गरिने

Reporter

साधना म्युजिक रिवार्डमा मेलोडी किङ शम्भुजित बास्कोटालाई दीर्घ साधना सम्मान अर्पण गरिने भएको छ । उहाँलाई फागुन १५ गते हुन गइरहेको साधना म्युजिक रिवार्डमा उक्त सम्मान अर्पण गर्न लागिएको आयोजकले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । विगत पाँच दशकदेखि अनवरत रूपमा सक्रिय संगीतकार, गायक तथा गीतकार मेलोडी किङ बास्कोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको हो ।

उहाँका प्रशस्त गीतहरू लोकप्रिय एवं चर्चित छन् भने बास्कोटा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपतिसमेत हुनुहुन्छ । समारोहमा अन्य संगीतकर्मीहरूलाई पनि सम्मान प्रदान गरिने रवार्डका अध्यक्ष सामना शाहले जानकारी गराउनुभयो ।

साधना म्यूजिक रिवार्ड(२०८० को उत्कृष्ट पाँच मनोनयन यसअघि नै प्रदान गरिसकिएको छ । साधना म्युजिक रिवार्ड पहिलो र दोस्रो अवार्डका रूपमा रहेको थियो भने तेस्रोदेखि रिवार्डका रूपमा आएको हो । यसपटकको रिवार्डमा लोकदोहोरीतर्फ लोकगीत, शब्द, लय, गायक, गायिका, पुरुष मोडल अभिनय र नृत्य, महिला मोडल अभिनय र नृत्य, आधुनिक पपतर्फ शब्द, संगीत, गायक, गायिका, मोडलमा पुरुष र महिला साथै अन्य विधामा भिडियो निर्देशक, छायांकार, दृश्य सम्पादक, एरेन्जरका साथै राष्ट्रिय गीतमा पनि अवार्ड प्रदान गरिँदैछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको